तीनवटा समष्टिको गोर्खा जनमुक्ति युवामोर्चाले सयुक्त रूपमा आयोजना गर्यो मोटरसाइकल रयाली
संजय निरौला
बिजनबारी : गोर्खा जनमुक्ति युवा मोर्चा रेलिङ कैजले समष्टि पुल बिजनबारी गोक तथा चुङथुङ रेसिहाट समष्टिले सयुक्त रूपमा गोर्खाल्यान्ड आन्दोलनलाई युवालाइ सहभागीता तथा एक अर्कोको सम्बन्धलाई प्रगाढ बनाउदै गोर्खाल्यान्डको निम्ति युवा बर्गको के कस्तो भुमिका आउँदा दिनहरुमा हुनपर्ने बिषयमा चर्चा परिचर्चा तथा गोर्खाल्यान्ड आन्दोलनमा आफ्नो ज्यानको बाजी लगाउदै आमरण अनशनकारीलाई भेट गराउने उदेश्यले पुल बिजनबारी गोक समष्टिको कोलबोङबाट दार्जिलिङ चौरस्तासम्म मोटरसाइकल रयालीको आयोजना गर्यो।
कोलबोङबाट शुरुआत भएको रयालीमा कैजले रेलिङ समष्टि बिजनबारी पुलबजार गोक चुङथुङ लिजाहिल रेसिहाट समष्टिको प्रतिनिधित्व गर्दै लगभग ६० भन्दा बेसीले मोटरसाइकल रयालीमा भाग लिएका थिए भने उनीहरूले चौरस्तमा बसेका अनशनकारीलाई समेत भेट गरेको जानकारी छोगेल तामाङले बताएका छन।
Post a Comment