अनिश्चितकालिन बन्दको ८४औं दिन कालेबुङ शहरमा जुलुस र पथ सभा सम्पन्न गर्दै बन्दलाई कड़ा रूपमा पालन
पुरण गिरी
कालेबुङ : हाल पहाडमा भै रहेको गोर्खाल्याण्ड आन्दोलनको अनिश्चितकालिन बन्दमा आज ८४औं दिन टेक्यो भने प्रतिदिन झै आज पनि कालेबुङ शहरमा जुलुस निकालिएको थियो ।उक्त जुलुस डम्बर चोकबाट शुरु भएर शहर परिक्रमा गरि डम्बर चोकमा नै अाएर पथ सभामा परिणत भएको थियो।बिशेष गरी आज गुरुदिवस भएको कारण धेरै मात्रमा शक्षक-शिक्षिका भेला भएको थियो।पहाडको अरू क्षेत्र मिरिक,खरसाङमा भने बन्दपालनमा सङ्कट देखापरे भने यता कालेबुङमा बन्दलाई कड़ा रूपमा पालन गरीएको थियो।यसरीनै बन्द पालन गर्दै जुलुसमा नाराबाजी पनि गरिएको थियो। आज वक्ताको रूपमा सीपीआरएम को नेता शुदन प्रधान थियो।
[फोटो:हाङ्खिम,कालेबुङ]




Post a Comment