गोर्खा जनमुक्ति मोर्चा, सिक्किम शाखा द्वारा मुख र आँखामा कालो पट्टी बॉंधेर बंगाल सरकारको प्रतिवाद
गंगतोक : गोर्खा जनमुक्ति मोर्चा, सिक्किम शाखाले कालेबुंग निवासी मोर्चा कार्यकर्ता बरूण भूजेलको पुलिस हिरासतमा भएको मृत्युप्रति गहिरो दु:ख प्रकट गरेको छ। मोर्चा कार्यकर्ताहरूले शहीद भूजेलप्रति हार्दिक श्रद्धांजलि अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको छ। उनीहरूले पश्चिम बंगाल सरकारको अमानवीय व्यवहारका कारण भूजेलको निधन भएको ठहर गरेको छ। उनीहरूले यसलाई मानव अधिकारको सरासर उल्लंघन रहेको बताएका छन्। यसरी नै गोर्खा जनमुक्ति मोर्चा, सिक्किम शाखाका कार्यकर्ताहरूले आफ्नो मुख र आँखामा कालो पट्टी बॉंधेर बंगाल सरकारको गोर्खाहरूप्रति अमानवीय, भेदभावपूर्ण र क्रूर शासनप्रति प्रतिवाद जनाएका छन्।


Post a Comment