कालिम्पोंग : पूर्व शिक्षक एवं वरिष्ठ समाजसेवी अर्जुन ठकुरी हामी माझ रहेनन्, ह्रदय गति रोकिनाले असामयिक निधन
कालिम्पोग : जिल्लाभित्र अवस्थित खंण्ड-2 अलगड़ा बजार निवासी वरिष्ठ समाजसेवी अर्जुन ठकुरी (अलगड़ा प्रा0 पाठशालाका अवकाश प्राप्त शिक्षक प्रभारी) अब हामी माझ रहेनन्। गए दिन अचनाक ह्रदय गति रोकिनाले सद्रेह सरको निधन भयो।उहाँको निधनले वर्तमान अलगड़ा बजार साथै वरिपरिका भेगहरूमा शोकको हलर छाएको छ भने अलगड़ा बजारले आज एउटा अमूल्य रत्न गुमाउँनु परेको छ।साना नानीहरूदेखि बुड़ापाका सम्म सधै मित्रता गाँस्ने अनि सबैसित हाँसेर बोल्ने स्वर्गीय ठकुरीज्यू सित केही समय म पनि रमाउँने मौका पाएको थिएँ त्यो मेरो जीवनको अमूल्य क्षण भएर रहेको छ।अन्तमा आदरणीय समाजसेवी स्वर्गीय अर्जुन ठकुरी (सर) को परिवार पक्षलाई यो दुःखको क्षणमा ईश्वरले सहन गर्न सक्ने क्षमता प्रदान गरून् भन्ने ईश्वरप्रति अर्जी चड़ाउँदै स्वर्गीय अर्जुन ठकुरी सरलाई हार्दिक श्रद्धानञ्जली अर्पण गर्दछु।उहाँको स्वर्गमा बास होस!!!
Post a Comment