बेंगुलुरू : NEP इंडिया फाउंडेशन कर्नाटक द्वारा नेपाली कल्चरल-फूड फेस्टिवलको आयोजन, PHOTOS & VIDEO
बेंगुलुरू : नेप (नर्थ इष्ट पिपल्स)इण्डिया फाउन्डेशन सन्स्थाको युवा तथा विधार्थी विभागको आयोजनामा 10 अक्टोवर 2017को दिन पहिलो पटक नेपाली सान्स्कृतिक तथा नेपाली खाना महोत्सव दक्षिणभारतको कर्नाटका राज्यको बैङ्गलोर अक्सिन टाउन अवस्थित नन्द फुटवल ग्राउन्डमा विहान दश बजे देखी रात्री दश वजे सम्म विभिन्न गायन,नित्य,खेलकुद अनि गन्यमान्य अतिथि ज्युहरूको सम्भाषण द्दारा सम्पन्न गरिएको थियो।यस कार्यक्रममा हजारौ नेपालीभाषी गोर्खाली हाम्रो सन्तानहरू तथा स्थानिय सैकडौ महानुभावहरूको उपस्थिति रहेको थियो।
स्थानिय एमएलए एन एच हरिश अनि डिएसएस सन्स्था अध्यक्ष लायन केभी वालाकिसन ज्युहरू तथा अन्य गन्यमान्य अतिथिवर्गहरू अनि सन्स्था अध्यक्ष राहुल राई,युवा अध्यक्ष पप्पु थापा,महिला विभाग लक्ष्मी घिसिङ्ग,दिपा छेत्री,कल्चर विभाग जित बहादुर वि•क•,रमेश तेन्चिपा ,योग्य राई,सन्जित वि•क•,सुदेश छेत्री,अमिर लामा,अनु राई,सुनिल छेत्री,दिपक वि•क•,दिपा शर्मा,एम्वुलेन्स विभाग डानियल,घमनसिङ्ग लगायत सनस्था पदाधिकारीहरूको उपस्थितीमा सम्पन्न गरिएको महोत्सबमा पुलिसवलहरूको पनि उपस्थिती रहेको थियो।
हराएको सन्स्कार-सन्स्कृति ,बिर्सिएको पकवानहरू,लोप हुदै गएको दौरा-सुरूवाल-चौवन्दी चोली ,ढाका-टोपी,सिरवन्दी-पोते लगायतका हाम्रा परम्परागत बस्तुहरूलाई व्युझाउन अनि यथार्थमा यो शहरी जिन्दगीमा नभुल्न भनि एक ऐतिहासिक महोत्सव मनाइएको थियो।






Post a Comment