Header Ads

बिजनबारी : नेहरू युवा केन्द्रको आयोजनामा एक दिवसीय अन्तरर्कियात्मक युथ पार्लमेन्ट कार्यक्रम, PHOTOS हेर्नुहोस



सन्जय निरौला
बिजनबारी : नेहरु युवा केन्द्र  युवा तथा खेलकुद मन्त्रालय भारत सरकार तथा लामागाउ वेलफर एसोसिएसनको आयोजनामा हिजो खण्ड स्तरिय युवा पार्लेमेन्टको आयोजना गरियो। कार्यक्रममा श्रीमती निङ्चोल तामाङ अधिकारी ब्याकवर्ड क्लास वेलफेर विभाग पुलबजार बिजनबारी ब्लकको मुख्यअतिथिको रूपमा उपस्थित थियो भने भास्कर अग्रवाल सहशिक्षक बिद्यासागर उच्चतर बिद्यालय बिजनबारी मुख्य अथितीको रूपमा उपस्तिथि थिए भने रिसोस ब्याक्तीको रूपमा रेणभा बिशेश सुब्बा डाइरेक्टर माउन्ट कार्मोन एकाडेमी लामागाउ उपस्थित थिए भने कार्यक्रममा स्थानीय गाउलेहरु लोक प्रकल्प बिभागका सदस्यीयहरु लामागाउ माद्यामिक शिक्षा केन्द्रका  विद्यार्थीहरु लगायत सर्वसाधारणको बाक्लो भिड थियो।

कार्यक्रम मुख्य रूपमा युवाबर्गहरुले आफ्नो तर्फबाट देशको निम्ति के कस्ता योगदान दिनसक्छन भन्नेमा जोड दिइएको थियो। आजको समाजमा छोरा र छोरीको बीचमा कुनै प्रकारको भिन्नता नभएको छोरी शिक्षित भए घर समस्त गाउँ समाज तथा देश नै शिक्षामा अधि बड्ने बेटी बडाउ बेटी पडाउ भन्ने प्रसङ्गमा बोल्दै प्रमुख अतिथिले बताए। स्वस्छता आजको माग रहेको तर फोहोर मैलाले बिस्तारै गाउँ समाजलाई ढाकिरहेको तथा केवल एक दिन प्ले कार्ड बोकेर वा एकपटक मैला उठाउदै हिड्दैमा सफा नहुने बताउदै यसलाई जीवनशैली बनाउन जरुरी रहेको बताउदै स्वच्छता शब्द फराकिलो भएको भए पनि यसको शुरुआत सानो रूपमा गर्ने सुझाव दिए प्रकितीसग हामी प्रत्यक्ष रूपमा हामी जोडिएका छौ सम्पुर्णले ध्यान दिए परिवेश आफै सफा हुने भएको तथा समस्तले डस्ट्बिनको प्रयोग गरेर समाजमा पुर्णतः प्लास्टिकका झोलाहरुको प्रयोगमा प्रतिबन्ध लगाउन जरुरत रहेको तथा प्रधानमन्त्रीको स्वस्छता सपना सबैले मिलेर अगाडि बडाउने भारत मिशनबारे बोल्दै रिसोर्स ब्याक्ती बिशेश लिम्बुले बोल्दै बताएभने  युवाबर्गहरुको समाजमा के कस्तो भुमिका छ तथा कस्तो हुनपर्ने युथ पार्लमेन्टबारेमा अथिती भास्कर अग्रवालले बोलेका थिए।

याद रहोस् लामागाउ वेलफर सोसाइटी बिजनबारी खण्डकै एक नामी सामाजिक सस्था हो जसको आयोजनामा विभिन्न प्रकारका चेतनामुलक तथा विभिन्न खेलकुदका कार्यक्रमहरु भइसकेको छ। सस्था सचीव शरद लिम्बुले संचालित कार्यक्रममा सस्था सभापति सन्दीप लिम्बू लगायत सम्पुर्ण सदस्यीयहरुको उपस्थित थियो।



No comments

Powered by Blogger.