दार्जिलिंग : पतंजलि योगपीठ परिवार - हाम्रो स्वाभिमान ट्रस्टद्वारा पहाड़मा राहत सामग्री वितरण कार्य प्रारम्भ, PHOTOS
दार्जिलिंग : गोर्खाल्याण्डको मागलाई लिएर लामो समय देखि चलेको आन्दोलनले केहि राहत पाउने आशा पछि स्थगित भइबसेका छन। यसैबीच पंतजली योगपिठ परिवार एंव हाम्रो स्वाभिमान ट्रस्टले मृतकका परिवार आन्दोलनमा परि ग्रसित नागरिक र घाईतेहरुलाई केहि राहत सामाग्री वितरण कार्य आजबाट दार्जिलिङ देखि शुरु गरेको छ। सरकारबाट पाउने आशा अहिले प्राप्त गर्न नसके पनि पंतजली योगपिठ परिवार एंव हाम्रो स्वाभिमान ट्रस्टबाटबाट राहत सामाग्री पाउने भएका छन। पंतजली योगपिठ परिवार एंव हाम्रो स्वाभिमान ट्रस्टले आन्दोलनमा ज्यान गुमाएका परिवार र घाईतेहरुलाई खाद्य बस्तु वितरण गर्न लागेको हो। हाम्रो स्वाभिमान ट्रस्टले पहाडका आन्दोलित प्रभावित क्षेत्रमा राहत वितरणको कार्य गर्ने लागेको छ। गोर्खालीहरुले आफ्नो ज्यान समेत गुमाएर गोर्खाल्याण्डको मागको लडाई लडेका हुन् ।सरकारसंगको बार्ता पछि उग्र भएको आन्दोलन स्थगित भएको छ।
गोर्खाल्याण्डको लागि कई आन्दोलनकारीहरुको ज्यान गएको छ भने सयौं व्यक्तिहरु अंगभङ भई घाइते समेत भएका छन। यस्तो अवस्थामा पंतजली योगपिठ परिवार एंव हाम्रो स्वाभिमा ट्रस्टले मृतकका परिवारको पीडा र घाईतेहरुको घाउमा मलम लगाउने कार्य अघि बढाएको छ। पंतजली योगपिठ परिवार एंव हाम्रो स्वाभिमा ट्रस्टले दार्जिलीङ,कांलिबोंग खरसंग,मिरिक लगायत क्षेत्रमा राहत सामाग्री वितरण कार्य आजदेखि अघि बढाएको छ। पंतजली योगपिठ परिवार एंव हाम्रो स्वाभिमा ट्रस्टका पदाधिकारी राष्ट्रिय उपाध्यक्ष सी पी गिरी ज्यू , राष्ट्रिय महामन्त्री प्रेम क्षेत्री ज्यू , केन्द्रिय कार्यकर्ता भूपेन्द्र बस्नेत ज्यू लगायत चीफ कोअर्डिनेटर (पश्चिम बंगाल ) विनिता राईले उक्त राहत सामाग्री वितरण कार्य आजदेखि सुरु गरिरहेका छन।







Post a Comment