बिजनबारी क्षेत्रका स्थानीय लेखकनीर शेर्माकृत पहिलो उपन्यास हिउँदोको वादल बिमोचन
सन्जय निरौला
बिजनबारी : बिजनबारी क्षेत्रका पुरानो लेखकहरु नाम रहेका स्थानीय लेखक नीर शेर्माको छैटौं कृति जसमा पहिलो उपन्यास हिउँदोको वादलको गत दिन एक साहित्यिक कार्यक्रमको बीचमा बिजनबारी सार्वजनिक भवनमा बिमोचन गरियो। लिम्बुहरुको जातीय सस्थान युमा साम्यो नयाँ नोर ग्राम कमिटीको आयोजनामा भएको कार्यक्रममा साहित्यकार एम पथिक प्रमुख अथितीको रूपमा उपस्तिथि थिए भने पतिभा प्रेरणा परिषदका सचीव तथा कवि सुजनहाङ तथा मोहन सुब्बा बिशिस्ट अतिथिको रूपमा उपस्थित थिए।
गुरु बन्दनाबाट शुरुआत भएको कार्यक्रम शिक्षक एन आर राईको अध्यक्षतामा भएको थियो कार्यक्रममा लेखकको परिचय मोहन सुब्बाले गराएका थिए भने बिमोचित कृतिबारे एम पथिकले बोलेका थिए गाउँले जिवनमा हुर्केका सर्जकका लेखाइमा गाउँले जीवनको वर्णन भएको पथिकले बताए। बिजनबारी नजिकै नोर बस्तीमा जन्मेका शेर्माको यसभन्दा पहिले पाँचवटा पुस्तकहरु बजारमा आइसकेको छ जसमा चारवटा कविता सग्रह र एक कथा सग्रह सामेल छन भने हाल उनी दार्जीलिङमा बसोबास गर्छ्न। मेरो यो पहिलो प्रयास हो उपन्यासको बिदामा के कस्तो प्रतिक्रिया आउला त्यसको प्रतीक्षा रहेको उपन्यासकार शेर्माले कार्यक्रम बोल्दै बताए।
कवि बिकास विस्मितदारा संचालित कार्यक्रममा जातीय नृत्य च्याब्रुङ नृत्य कविता वाचन लगायतको थप कार्यक्रमको आकर्षक थियो भने कार्यक्रममा विभिन्न सघ सस्थाका प्रतिनिधिहरु लगायत सर्वसाधारणको बाक्लो उपस्थिती थियो।
Post a Comment