Header Ads

दार्जीलिङ् : 27 जुलाईको दिन गोर्खा राष्ट्रिय मुक्ति मोर्चा द्वारा भब्य रुपमा शहीद दिवस पालन गरिने

दार्जीलिङ्ग : गोर्खा राष्ट्रिय मुक्ति मोर्चा द्वारा आगमी दिनाङ्क 27 जुलाई 2022 बुधबारको दिन भब्य रुपमा शहीद दिवस पालन गरिने गोरामुमो केन्द्रीय समिति प्रबक्ता वाई लामाले जानकारी दिएका छन् । उनले थप जानकारी गराउदै भने, गोरामुमो अध्यक्ष मन घिसिङको निर्देशन अनुसार सन् 1986 साल देखि 2017 सम्म जाति माटो र उन्मुक्तिको लडाईमा वीर गति प्राप्त गरेका ती वीर शहीदहरुलाई सम्झना गर्दै  दार्जीलिङ खर्साङ , कालेबुङ अनि मिरिकमा शहीदहरुलाई सम्मान अनि श्रद्धाञ्जली अर्पण गर्न गोरामुमोले शहीद दिवस पालन गरिने जनाएका छन् ।

आज केन्द्रीय कार्यलय दार्जीलिङमा आफ्नो प्रेस बिज्ञप्ति जारी गर्दै वाई लामाले भने, 27 जुलाई 2022 को दिन भागोप्राप ले म्याराथन दौडको आयोजना गरिरहेका छन् उक्त दिन सम्पुर्ण वहानहरु बन्द गरिन्छ प्रशासन अनि ट्राफिक पुलिसले उक्त दिन शहीद दिवसमा आउने वहानहरुलाई नरोकिदिन अपिल गर्दछु साथै उनीहरुलाई उचित ब्यवस्था गरिदिन निवेदन गर्दछु ।27 जुलाई 1987 सालमा कालेबुङमा निहत्या हाम्रो माटो प्रेमी जातिप्रेमी , गोर्खाल्याण्ड प्रेमी गंगामाया, चुन्नु जस्ता आमाहरु माथी बर्बरतापुर्बक तत्कालीन बामपंथी सरकारको आदेशमा गोलि चलाएर गोर्खाल्याण्डको मांगलाई दबाउने कोशिस भएको कालो दिन जसलाई हामी शहीद दिवसको रुपमा पालन गर्दै आएका छौं ।

 तत्कालीन गोरामुमो अध्यक्ष सुबास घिसिङको एक आवहानमा सयौं गोर्खाहरुले छुट्टै गोर्खाल्याण्डको निम्ति सर्वोच्च प्राणको आहुती दिए , वहाँहरुको स्मरणमा बर्तमान अध्यक्ष मन घिसिङ द्वारा सबै गोरामुमो ब्राञ्च कमिटीहरुलाई भब्यताको साथ शहीद अनुरोध गर्दै पहाडवासीहरुलाई उक्त दिन श्रद्धासुमन सहित श्रद्धाञ्जली अर्पण गरिदिने अपिल गरेको वाई लामाले जानकारी दिएका छन् ।

No comments

Powered by Blogger.