लोकप्रिय नेपाली जोक्स - भाग 3
एउटा मान्छेले अर्को शहरमा नौकरी पाएछ । त्यहाँ पुगेपछी उस्ले श्रीमतिलाई SMS गर्ने बिचार गरेछ । तर गल्तिले त्यो SMS अर्कै महिलाकहाँ पुगेछ । ती महिलाको पति भर्खरै मरेको रैछ । त्यो SMS पढ्नसाथ महिला त बेहोश ।
SMS यस्तो थियो “म यहाँ सकुशल पुगें । यहाँ मोबाइल को सुविधा पनि छ । तिमी उदास नहुनु, २-३ दिनमा म तिमीलाई पनि यतै बोलाउँछु ।
---------------------------------------------------------------------------
किराहरु र जनावरहरुको फूटबल म्याच
एकचोटि किराहरु र जनावरहरुको फूटबल म्याच भएछ । हाफ ट्याम हुँदासम्म जनावरहरुले ६ गोल गरेछन्, तर किराहरुले भने गोलै गर्न सकेनछन् । दोश्रो हाफमा किराहरुको कोचले सय खुट्टे अरिमुठे ल्याएछ । अरिमुठेले दनादन १२ गोल ठोकेछ, किराहरुले १२-६ मा खेल जितेछन् । खेल सकिएपछि पत्रकारहरुले किराको कोचलाई सोधे; “कोचज्यू, यस्तो राम्रो खेल्ने अरिमुठेलाई पहिल्यैबाट किन नखेलाएको?” “पहिल्यैबाट खेलाउने मन त मलाईपनि थियो भाई, तर के गर्ने, बिचरालाई सय वटा खुट्टामा बुट कस्नै हाफ टाइमसम्म लाग्यो ।”
--------------------------------------------------------------------------
युद्दको समयमा
युद्दको समयमा एक सिमावर्ती गाउँमा दुश्मनको एउटा फौज घुस्यो । गाउँको सबै तरुनी केटीहरु उनिहरु सँग बच्न गाउँको बाहिर एउटा सुरक्षित ठाउमा भाग्न थालेछन , एउटा बुढी महिला पनि उनिहरु सँगै भाग्न थाले ।
एउटा केटीले सोधेछन : आमा तपाईं किन भाग्नु भएको ? खतरा त हामी तरुनी केटीहरुलाई पो छ त ..
बुढीले भनेछन : तिमीले देखिनौ त्यो फौजमा एउटा बुढा पनि छ ।
Post a Comment