न्याय अन्धो हुन्छ - नेपाली लघुकथा
- यादव खरेल
न्वारनको नाम ऊ आफैलाई थाहा छैन। उसलाई सबैले मुद्दा–बौलाहिकी छोरी भनेर चिन्दछन : लेखन्दास, वकिल, फाँटवाला सुब्बा देखि न्यायधिस सम्मले। नचिनुन पनि किन?। ऊ तीन महिनाकी हुँदादेखि पेम्बा दोङले पीठ्यूँमा पटुकाले बेरेर अदालतमा ल्याउने गरेकी हो। उसकी पनि पेम्बा दोङ भनेर कसैले चिन्दैन। त्यो त मिसिलमा लेखिएको नाम मात्र हो। उसलाई चिनाउने नाम त बैलाही नै हो। पेम्बाले पचास बर्षसम्म मुद्दा लडी। तारिख खेप्दाखेप्दै पोहोरसाल पेसीको अघिल्लो दिन ऊ मरी।
पेम्बाको लोग्ने मुखियाका घरमा हलीको काम गर्दा गर्दै तन्नेरी उमेरमै बित्यो। त्यस बेला पेम्बा दूई जीउकी थिई। लोग्नेको किरिया उतार्न मुखियासगँ पचाँस रुपियाँ ऋण लिंदा पेम्बाले कागजमा ल्याप्चे लगाएकी थिई। के मा ल्यप्चे लगाई उसलाई थाहा भएन। लोग्नेको बरखी नफुक्दै पेम्बा आफ्नै झुपडीबाट निकालिई। आफ्नो जमिन र झुपडी फिर्ता लिनको लागि ऊ अदालतको शरण परेकिथिई।
मुद्दा–बौलाहीकी छोरीले पनि तारिख खेपेको निकै बर्ष भयो। दिनको एक पटक अदालत नगईकन उस्ालाई नीद्रै लाग्दैन। अदालत प्राङ्गगणमा ठड्याईएको शालिक मुन्तिर बसेर ऊ दिन कटाउँछे। यो कस्को शालिक होला?, तराजु किन बोकेको होला?, हातमा किन तरबार लिएको होला? उसको दिमागमा थुप्रै जीज्ञासाहरु सलबलाउछन। उसलाई सबैभन्दा उदेक त आखाँमा कालो पट्टि बांधेकोमा लाग्दछ। मुद्दा–बौलाहीकी छोरीलाई यो मूर्ती न्यायकी देबीको हो भन्ने थाहा छैन। उसलाई के पनि थाहा छैन भने –––तराजुको दूई पल्लाले सत्य र न्यायको प्रतिनिधित्व गर्दछन्, तरबारले अन्तिम अधिकारी तथा द्रुत गतिलाई जनउँदछ र आँखामा बाँधेको कालो पट्टी बल, पैसा, शक्ति जस्ताका प्रभावबाट मुक्त रहदै कसैको पनि पक्षमा वा बिपक्षमा नलाग्ने तठस्थ चरित्रको प्रतीक हो। न्यायले ऐन कानून सिबाय केही देख्दैन। त्यसैले “न्याय अन्धो हुन्छ” भन्ने कुरा बुन नसक्नु ऊ जस्ती निरक्षरका लागि स्वभाबिकै हो। ऊ न्यायधिस वा वकिल पनि त होइन।
आजभोलि मुद्दा–बौलाहीकी छोरी अनौठो आबाज सुन्न थालेकी छ, बिचित्रको दृष्य देख्न थालेकी छ। न्यायकी देवीको हातको तराजु बिस्तारै हल्लिन थाल्छ। तराजुका दुबै पल्लामा सिक्काहरु खस्न थाल्दछन्, अदृष्य हातहरुबाट। छिर्लीङ्ग––––छिर्लीङ्ग––––आबाज सुनिन्छ। कहिले दाहिने तर्फको पल्ला भारी हुन्छ, कहिले देब्रे तर्फको। दुई पल्ला बीचको हलुका हुने र भारी हुने प्रतिस्पर्धा तथा द्वन्द्व निकै दिन चलिरहन्छ। अचानक एकदिन एउटा पल्ला हलुका भएर आकासिन्छ र तल झर्न सक्दैन। अर्को पल्ला गह्रौ ओजनका साथ सम्पूर्ण रुपमा तलतिर लच्किन्छ। अब तराजु स्थिर हुन्छ। मुद्दाको फैसला सुनाईसकेपछि न्यायमूर्तिले टेबिलमा काठको मुङ्ग्र्राले तीन पटक ठोकेको जस्तो आवाज आउँछ........ढ्याङ्ग ........ढ्याङ्ग.....ढ्याङ्ग।

Post a Comment