Header Ads

लोकप्रिय नेपाली जोक्स - भाग 8


पालन पोषण

एउटा गोरो मान्छे थियो , जब उस्को छोरो जन्म्यो त्यो कालो न कालो । उ आफ्नो स्वास्नीको मा गयो र सोध्यो :
" हैन म पनि गोरो तिमी पनि गोरी छोरो चाँही किन यस्तो कालो ?
स्वास्नी : डार्लिङ, म पनि Hot तिमी पनि Hot , बच्चा जल्यो होला नि ।
एउटा बच्चा एउटा किताब एकदम ध्यान दिएर पढि रहेको थियो जसको शिर्षक थियो " बच्चाहरुको पालन पोषण कसरी गर्ने "
आमा : हैन तैले यो किताब किन पढ्दै छस ?
छोरो : म यो जान्न चाहन्छु कि मेरो पालन पोषण राम्रो सँग भई रहेको छ कि छैन भनेर ।
--------------------------------------------------------------------------------
अर्लाम

एउटा चोर एउटा धनी मान्छेकोमा चोरी गर्न गएछ । सेफमा यो लेखेर टासिएको थियो " सेफ फुटाउनु जरुरी छैन , ४५२ नम्बर थिचेर अगाडिको रातो बटन प्रेस गर्‍यो भने सेफ आँफै खुल्नेछ । जब त्यो चोरले बटन दबायो अर्लाम बज्यो र पुलिस आएर त्यो चोरलाई समातेर लग्यो ।
जादा जादै चोरले त्यो साहुजीलाई भन्यो " आज बाट मलाई मान्छेहरु सँग विश्वाश हरायो ।
----------------------------------------------------------------------------------
रक्सी

स्वास्नी : हिजो तपाईं धेरै पिउनु भएर ढल तिर लड्नु भएको थियो , यसरी पनि पिउनु हुन्छ ?
लोग्ने : के गर्नु सबै गलत संगतको असर हो , ४ जना साथी १ बोटल रक्सी , ३ नै जना बेवकुफहरु रक्सी नखाने परे त्यसैले धेर भयो ।
------------------------------------------------------------------------------------
झुठ समात्ने मेसिन

एउटा साथी अर्को सँग : यार तिमीले झुठ समात्ने मेसिन देखेको छौ ?
अर्को साथी : देखेको मात्र हैन मेरो घर मै छ
साथी : हो र ?
अर्को साथी : हो नि मैले त्यही मेसिन सँग त बिहे गरेको छु ।
-------------------------------------------------------------------------------------
वार्तालाप

दुईजना मान्छे डाक्टरको क्लिनिकमा जचाउनको लागि बसीरहेका थिए । यत्तिकैमा एउटा मान्छे अचानक रुन थाल्यो । अर्को मान्छे छक्क पर्‍यो
रपहिलो : दाई तपाईं किन रुनु भएको ?
दोश्रो : म यहाँ रगत जचाउनको लागि आको त्यसैले रुएको
पहिलो :रगत जाँच्न पनि डराएर रुनु पर्छ त ?
दोश्रो : होइन डराएर होइन , रगत जाच्ने क्रममा डाक्टरले मेरो औंला काट्छ नि त्यसैले दुखने सम्झेर रुएको। त्यातिकैमा पहिलो मान्छे पनि रुन थाल्यो
दोश्रो : हैन तपाईं चाँही किन रुन थाल्नु भयो ?
पहिलो : तपाईं त रगत जचाउन आउनु भाको । म त पिसाब जचाउन आको त्यसैले .............
(साभार - हाम्रो गोरखा)

No comments

Powered by Blogger.