२०१३ को टाइम बर्ष ब्यक्तिमा पोप छानिए
सन् २०१३ को बर्ष ब्यक्तिमा इसाई धर्मगुरु पोप फ्रान्सिस चयन भएका छन् । अमेरिकी म्यागेजिन टाइमले हरेक बर्ष प्रकाशन गर्ने बर्ष ब्यक्तिको सूचीमा पोप पहिलो स्थानमा परेका छन् । गत मार्चमा पोप छानिएका फ्रान्सिस अर्जेन्टिनी नागरिक हुन् । पोपले यसअघि सन २०१२ मा बर्षब्यक्ति घोषित अमेरिकी राष्ट्रपति बराक ओबामा र त्यसअघि बर्षब्यक्ति घोषित रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई पछि पार्दै नम्बर एक पोजिसन कायम गरेका हुन् ।
बर्षभरि बिश्वका संचारमाध्यममा सकारात्मक वा नकरात्मक हिसावले बढि छाउने ब्यक्तिलाई टाइमको सम्पादकीय समूहले बर्षब्यक्ति छान्ने चलन रहेको छ ।
सूचीको दोस्रो नम्बरमा अमेरिकाका महत्वपूर्ण जासुसी दस्तावेज सार्वजनिक गरिदिएर चर्चामा आएका पूर्व अमेरिकी जासुस तथा हाल रसियामा सरण लिएका इडवार्ड स्नोडेन रहेका छन् । यस्तै पुरुष समलिङ्गीको अधिकारका लागि लडेका इडवीथ वीन्डसोर, सिरियाली राष्ट्रपति बसर असद र टेक्सासकी रिपब्लिकन सिनेटर टेड क्रुज टप फाइभमा रहेका छन् ।


Post a Comment