भागोप को आयोजना राष्ट्रिय गोर्खा भेलाको समझनाहरु
तितो-मिठो अनुभवका साथ भारतीय गोर्खा परिसंघ को आयोजना राष्ट्रिय गोर्खा भेला को समझना हरु ! भारतभरी का गोर्खा जातिहरु बकलोह [ हिमाचल प्रदेश ] , देहरादून, पंजाब, कानपुर, दार्जीलिंग, डूअर्स, सिलिगुरी,सिक्किम,आसाम,मणिपुर, मिजोरम आदि- इत्यादि लगायत दिल्लीका थुप्रै गोर्खाली / नेपाली संघ - संस्थाहरुको प्रतिनिधिहरु आएका मैले भेटेको थियो ! तमाम वक्ताहरु / संस्थाका प्रतिनिधिहरुले भगोप.लाई गोर्खालैण्डको नीमत आफ्नो एकैबध्यता प्रकट गर्नु भाको थियो ! सम्पूर्ण कार्यक्रम को सकारात्मक / सफल पक्ष को लागि भागोप.को सम्पूर्ण कार्यकारिणी लाई बधाई र केहि नकारात्मक पक्ष यहाँ राखन चाहन्छु !
कसैको बरखिलाफ होईना तर भविष्यमा पुनरावृति न होश भनि जनहित को लागि :-
न.१ कईयो वक्ताहरु मंच बाटनै आफ्नै गोर्खा जातिलाई गाली-गलोच गरेका थिए जोकि हाम्रो मर्यादा भन्दा बाहिर को कुरा थियो ! श्रोतागणमा यस प्रकार का भाषा र शैली को गुनासो छ !
न.२ भा.गो.प.का अध्यक्षको भनाई अनुसार भा.गो.प.ले गोर्खालैण्ड को कुरा सरकार संग राखनु सक्दैन रे तेहि वास्ते प्रो.महेंद्र पि.लामा.लाई सांसद बनाई २०१४ म शंसद पुराउने रे ! तेसो हो भनि यो आयोजना को के ओचित्य त ?
न.३ एक जना राजनैतिक पार्टीका सदस्यले गो.ज.मु.मो.को धरनालाई सफल अनि यस लाई असफल बताएको थियो तेऊ पनि यसै मंच बाट
न.४ कुनै साथीहरु दार्जीलिंग क्षेत्र का जमै बंगालीहरु, मारवारीहरु, बिहारुहरु आदि-इत्यादि पनि हाम्रो साथ गोर्खालैण्ड को माँग गरे मात्रै गोर्खालैण्ड पाउनु सक्छ भनेको थियो
न.५ कईयो वक्ताहरु आफनै गोर्खा जातिलाई [जो कि विश्वमा बहादुर,ईमानदार ,निडर र युद्ध कौशलमा निपुर्ण भनि चिनिन्छ ] कुकुर संग तुलना गरि बईमान, धोखेबाज़ भनि सम्बोधन गरेको थियो !
न.६ भविष्य को सांसद को सपना हेर्ने प्रो.लामा को भनाई "हाम्रो समाज अशिक्षित छौं तेस कारण अझै दुई- तीन पीडी सम्म गोर्खालैण्ड को कल्पना न गरे पनि हुन्छ !" [ डा.हर्क बहादुर क्षेत्री को यसै प्रकारको भनाई कि गोरखालैण्ड पाये पनि हामी गोर्खालैण्ड चलाउने क्षमतामा छैनौं को पनि विगतकालमा विरोध भाको थियो ]
न.७ एकजना बुद्धिजीवी को भनाई भारतमा हाम्रो आफ्नो गोर्खाली मुख्यमंत्री छैना कोई सांसद छैना जबकि सिक्किम को मुख्यमंत्री आज मात्रै होईना सदै गोर्खालीनै हुन्छ र हाम्रो टिहरी लोकसभा को सांसद श्रीमती राजलक्ष्मी शाहज्यु [बीजेपी] गोर्खालीनै हुनुहुन्छ ! अनुसंधान गरे अझै थुप्रै छन !
- from Samir Pradhan's Facebook wall












Post a Comment