‘महेन्द्र राष्ट्रवाद’ र पुस १ को ‘कालो दिन’
काठमाडौं । आज पुस १ गतेलाई महेन्द्र जयन्ती एवं पञ्चायती संविधान दिवसका रुपमा सम्झने गरिन्छ । २०१७ सालमा आजकै दिन तत्कालीन राजा महेन्द्रले दुई तिहाइ बुहमत ल्याएको नेपाली कांग्रेसको सरकारलाई अपदस्थ गरी एकदल्यि हुकुमी शासन लादेको हुनाले लोकतन्त्रवादीहरुले पुस २ गतेलाई ‘कालो दिन’ मान्ने गरेका छन् । राजतन्त्रवादी एवं केही ‘राष्टवादी’हरुले पूर्वराजा महेन्द्रलाई राष्ट्रवादी धारका दुरदर्शी राजनीतिज्ञका रुपमा लिने गरेका छन् ।
पूर्वराजा महेन्द्र निरंकुश पञ्चायती व्यवस्थाको स्थापना गरेवापत जति आलोचित छन्, राष्ट्रियता र विदेश नीतकिा सम्बन्धमा त्यति नै बसहका पात्र बन्दै आएका छन् । मुलुकमा राष्ट्रियताको जग बसाउने र नेपालभित्र बढ्दो भारतीय प्रभावलाई हटाई मुलुकको सार्वभौमिकता जोगाउन महेन्द्रले निर्णयक भूमिका खेलेको भन्दै उनको प्रशंसा गर्नेहरु अहिले पनि धेरै भेटिन्छन् ।
महेन्द्रले राष्ट्रियता नजोगाएको भए यतिबेला नेपाल भारतको अधीनस्थ भइसक्ने उनीहरुको तर्क छ ।
तर, महेन्द्रले अवलम्बन गरेको ‘राष्ट्रवाद’लाई मण्डले राष्ट्रवादको संज्ञा दिनेहरुको पनि कमी छैन नेपालमा । दार्जीलिङबाट लैंङसिह वाङ्देल लगायतका प्रतिभालाई नेपालमा बोलाएर नागरिकता प्रदान गरेकोमा एकथरि उनको प्रशंसा गर्छन् भने अर्काथरि मधेसमा आफ्नै देशका पहाडे समुदायलाई बसोबास गराएकोमा महेन्द्रको चर्को आलोचना गर्छन् ।
महेन्द्रले तराईमा पूर्वपश्चिम राजमार्ग खनाएका थिए, जसको नाम महेन्द्र राजमार्ग राखिएको थियो । तराईमा महेन्द्रले पूर्व सैनिक एवं पहाडे समुदायका मानिसहरुको बसोबास गराएका थिए । यसो गर्दा जातीय सद्भाव बढ्ने महेन्द्रको तर्क थियो । सुस्तामा महेन्द्रका पालामा बसाबास गराईएका भूतपूर्व सैनिकका परिवारहरु अहिले पनि बसिरहेा छन् र उनीहरु मधेसी समुदायसँग मिलेर बसेका छन् । तर, मधेसवादी नेताहरुले भने महेन्द्रको यस्तो नीतिको चर्को आलोचना गर्दै उनको यो नीतिलाई आन्तरिक औपनिवेशिकताको संज्ञा दिने गरेका छन् ।
मधेसमा पहाडी समुदायको घुसपैठ गराएर मधेसी समुदायलाई अल्पमतमा पारेको महेन्द्रमाथि मधेसी नेताहरुको आरोप छ ।
त्यसो त महेन्द्रले ०२० सालमा जंगबहादुरका पालाको मुलुकी ऐनलाई परिमार्जन गरी जातीय भेदभाव र छुवाछुतलाई गैरकानूनी घोषणा गरे । ०२१ सालमा भूमिसुधार योजना लागु गरे । आफैं कवि समेत रहेका उनले कला, साहित्य, शिक्षा र भौतिक विकासमा महत्वपूर्ण भूमिका खेले । तर, ०१७ सालमा प्रजातन्त्र खोसेर निरंकुश व्यवस्था लादेको हुनाले उनले गरेको सम्पूर्ण सकारात्मक कामहरु समेत छाँया परेका छन् । यद्यपि पूर्वराजा महेन्द्रको योगदान अहिले पनि नेपालको राजनीतिमा विवाद र बहसको विषय बन्दै आएको छ ।
- Onlinekhabar


Post a Comment