Header Ads

चीनमा कर्मचारीलाई बोराभरि बोनस !

नेपालमा सामान्यतयाः निजी तथा पब्लिक कम्पनीहरुले कर्मचारीलाई बोनस बाँड्दा त्यो रकम बार्षिक केही हजारभन्दा माथि हुन्न् । तर, छिमेकी मुलुक चीनमा हालै एक निजी कम्पनीले आफ्ना कर्मचारीलाई बोरामै हालेर लानुपर्ने गरि बोनस बाँड्यो । कुनै फिल्मको दृष्यजस्तो लाग्ने बोनस बितरण कार्यक्रम पनि अचम्मको थियो । स्टेजभरि पैसाका बिटा सजाएर राखिएको छ । कम्पनीका प्रबन्धकले पालैपालो कर्मचारीको नाम बोलाउँछन् । कर्मचारी स्टेजमा पुगेर एक महिला कर्मचारीलाईका हातबाट एक बोरा बोनस थाप्नुअघि मज्जाले नाच्छन् । चीन एक कम्युनिष्ट देश हो, जहाँ पुँजीवादी विचारधारालाई कुनै स्थान छैन । यसका बावजुद चीनमा निजी कम्पनीका प्रावन्धकहरुले राम्रो तलव पाउँछन् । यसको खुलेर प्रचार समेत हुने गरेको छ । हेनान प्रान्तको झेनचेंगमा एक ल्याण्ड डेभलोपमेन्ट फर्मले बोनस पे डेको अबसरमा पार्टी नै आयोजना गरेको थियो । जहाँ करिव १८ करोड रुपैयाँ(११ लाख पाउण्ड) बाँडियो । कम्पनीका प्रवन्धकले सबैभन्दा बढी २ लाख पाउण्ड बोनस पाए ।



Powered by Blogger.