Header Ads

सिब्सुकाण्डका शहीदहरूप्रति समर्पित - नेपाली कविताहरु


सिब्सुकाण्डका शहीदहरूप्रति समर्पित -   प्रदीप लोहागुन

केही दिनदेखि
निद्रा परेको छैन आँखामा
खुला आँखामा दोहोरिन्छ एउटै सपना
बाइपङ्खी घोडा चडेर आउँछन
निता, बिमला र विक्की लामाहरू
अनि मलाई माग्छन
सीमानाको मानचित्र।

सिब्सुको जङ्गलै जङ्गल
कता हो कता
बिरानो मुलुकतिर
फर्किजाने सन्तानहरूलाई
म कसरी सुनाउन सकूँला
मानचित्र बन्दगी राखिएको कथा?

आफ्नै आमाको बैँश
विज्ञापन गर्दै हिँड्ने छोराहरूबीच
म कसरी हुन सकूँला सद्दे मान्छे?
ठीक भन्नु भो हजुर
मेरो दिमाग खुस्केको छ
मेरो मगजको एउटा स्क्रू फुस्केको छ।

(मेरो कविता 'मगज खुस्केको मान्छे'-बाट केही अंश)
Powered by Blogger.