Header Ads

तिम्रो मुटुको चोटहरुमा - नेपाली कविता


तिम्रो मुटुको चोटहरुमा
खुसीको बोटहरु छ भने देखी
निधारमा लेखेको बाजीहरुमा
पिछे रहन्छ जिन्दगी

निशानी छोडेको यो संसार
बोतल जस्तो फुटेको छ
एउटा जीवनको लोभमा
सारा जिन्दगी लुटेको छ

बाँच्न खोज्ने जिन्दगी
धेरै पल्ट मरेको छ
हार र जीतको पोखरीमा
एउटा कथा छोडेको छ

तिमीले डाड़ा काटेर गयौ
मैले बोल्नै सकिन
एउटा रुखको दुई हाँगाहरु
मैले भुल्नै सकिन

फुल फुलेको समयमा
धेरै कसम खाएको रहेछौ
अरुलाई मुटुमा राखेर
मलाई बाहिर फालेको रहेछौ

आँसु आँसु बस्
टाड़ो छ तिमी देखि
अँध्यारो गुफा भित्र हांसी रहने
यस्तै रहेछ जिन्दगी

बजार को खचाखच भीडमा
मुटुमा राख्छु भनेर बोली दिन्छ
तिर्खा मेटाउने प्यालाहरुमा
बीस हालेर घोली दिन्छ

आर्नोल्ड राई
संत मरीज हिल
खर्सांग
दार्जीलिंग


Powered by Blogger.