Header Ads

तिम्रै हो यो संसार - नेपाली कविता


तिम्रै हो यो संसार
भोलीलाई साँचेर राख्नु
एक बारको जिन्दगी लाई
किन छोडेर भाग्नु

जे जति छ तिम्रो
निधारमा छ
बालुवाको थुप्रोहरु
नदी बाहिरको किनारमा छ

मायाले भरिएको नदीहरुमा
तरेर जाने नाऊ छैन
मान्छेले भरिएको मन्दिरमा
भगवान् बस्ने ठाउँ छैन

सम्साँन घाटको बारीमा
शिकारी तिमी भै हेर
मुटु जलेको बाटो हरुमा
भिखारी तिमी भै हेर

मान्छेको रुप एउटा हो
याहाँ मुटु हरु चली रहन्छ
आँखा र मुख को खोजीमा
मान्छे को रंग बदली रहन्छ

आर्नोल्ड राई
संत मरी ज हिल
खर्सांग
दार्जीलिंग
Powered by Blogger.