Header Ads

हराएको मलेसियन विमान नेपालमा पनि खोजिने

काठमाडौ। दश दिन अघि हराएको मलेसियन विमान को खोजीमा अब जमिनबाट गरिने भएको छ। मलेसियाका अधिकारीहरुले ११ वटा देशमा खोजीकार्य शुरु गरिने बताएका छन्। खोजकर्ताहरुले हराएको विमान जमिन वा समुन्द्र कहाँ छ भनेर पत्ता लगाउन सकेका छैनन्। विशेषज्ञहरुले विमान राम्रो जानकार मानिसले अपहरण वा ध्वस्त पारेको अनुमान गरेका छन्। विमानको खोजीकार्य ११ वटा देशमा जमिनबाट हुनेछ। यी ११ देशमा नेपाल समेत सामेल छ । यसरी खोजीकार्य चलाउने अन्य देशमा थाइल्याण्ड, बर्मा, चीन, भुटान, पाकिस्तान, अफगानिस्तान, ताजकिस्तान, उज्वेकिस्तान, कजाकिस्तान,इण्डोनेसिया लगायतका छन्। 

खोजीकार्य गरिने क्षेत्र २८ मिलियन वर्ग माइल छ, यो क्षेत्र अफ्रिका महादेश भन्दा दोब्बर र विश्वको १० भाग मध्य एक भाग हुन आउँछ। १० दिन अघि हराएको मलेसियन एरलाइनसको विमानका बारमा २५ देशले खोज जारी राखेका भए पनि अहिले सम्म सुइँको समेत पाइएको छ। हाल सम्म अनुमान मात्र गरिएको छ। विमानमा २३९ यात्रु सवार थिए। विमान क्वालालम्पुरबाट बेजिङ जाँदै थियो। मलेसियाका यातायात मन्त्री हिसामुद्दिन हुसेनले खोजी कार्य झन जटिल हुँदै गएको प्रतिक्रिया दिएका छन् उनले भने,'हामिले जे गरिरहेका छौं यसले विमान विमा इतिहाँसमै पनि फेरबदल ल्याउन सक्दछ !

Powered by Blogger.