बर्खाको पानी झैं बर्सेछ : नेपाली कविताहरु
बर्खाको पानी झैं बर्सेछ,
आकाशबाट गोली खसेछ,
कालो सडकको अन्तिम पाइलामा,
हेर जिन्दगी बसेछ |
आकाशबाट गोली खसेछ,
कालो सडकको अन्तिम पाइलामा,
हेर जिन्दगी बसेछ |
बीर गोर्खाको तक्मा लाएर,
उसले खुकुरी भिरेछ,
चाउरी परिसकेको हातले,
अन्तिम सलामी ठोकेछ |
उसले खुकुरी भिरेछ,
चाउरी परिसकेको हातले,
अन्तिम सलामी ठोकेछ |
आंगमा आशा बोकेर,
ढाड़मा फाट्यो झोला,
हाम्रो निधारको रेखाहरुमा,
यसरीनै बाँच्नु होला |
ढाड़मा फाट्यो झोला,
हाम्रो निधारको रेखाहरुमा,
यसरीनै बाँच्नु होला |
युद्ध भुमीको मैदानमा,
हड्डीहरुको चिनो,
जिन्दगीको रंग भूमीमा,
गिद्धले खाई सकेको सिनो |
हड्डीहरुको चिनो,
जिन्दगीको रंग भूमीमा,
गिद्धले खाई सकेको सिनो |
आर्नोल्ड राई,
संत मरीज हिल,
खर्सांग,
दार्जीलिंग
संत मरीज हिल,
खर्सांग,
दार्जीलिंग
Post a Comment