हामीलाई बेच्नु पल्केको : नेपाली कविताहरु
हामीलाई बेच्नु पल्केको,
पाहाडमा डड़ेलो सल्केको,
नक्कली तेल निधारमा,
बिरालो चाल टलकेको |
पाहाडमा डड़ेलो सल्केको,
नक्कली तेल निधारमा,
बिरालो चाल टलकेको |
भाउजुको आँखामा आँशु छ,
पछाडी पट्टी सासु छ,
केराको पातमा भाग लागेको,
गोर्खाली छोराको मासु छ |
पछाडी पट्टी सासु छ,
केराको पातमा भाग लागेको,
गोर्खाली छोराको मासु छ |
भोको नाङ्गो राजनीतीको,
सुन थापने झोला,
भोली गोर्खा जाग्यो भने,
बग्छ खुनको खोला |
सुन थापने झोला,
भोली गोर्खा जाग्यो भने,
बग्छ खुनको खोला |
हाम्रो घरको धुरीमा,
साह्रै जुझ्यो काग,
ख्याल ख्याल गर्दा बाघ आयो,
पुच्हर लुकाएर भाग |
साह्रै जुझ्यो काग,
ख्याल ख्याल गर्दा बाघ आयो,
पुच्हर लुकाएर भाग |
दार्जीलिंग को हरियालीलाई,
लाउन खोज्छौ दाग,
हाम्रो आँगनमा उभिएर,
पिट्छौ हामीलाई धाँक |
लाउन खोज्छौ दाग,
हाम्रो आँगनमा उभिएर,
पिट्छौ हामीलाई धाँक |
आर्नोल्ड राई,
संत मरीज हिल,
खर्सांग,
दार्जीलिंग
संत मरीज हिल,
खर्सांग,
दार्जीलिंग


Post a Comment