यहाँ अल्झेछ यादहरु : नेपाली कविताहरु
यहाँ अल्झेछ यादहरु
सुनसान जुनेली रातमा
तिम्रो मुटुको छाप बसेछ
आज पिपलको पातमा
सुनसान जुनेली रातमा
तिम्रो मुटुको छाप बसेछ
आज पिपलको पातमा
मुटु दुख्ने यादहरु
तिम्रो थियो साथहरु
मान्छे जन्मिने पिंजडामा
हजार छ आज घातहरु
तिम्रो थियो साथहरु
मान्छे जन्मिने पिंजडामा
हजार छ आज घातहरु
चोट लागेको छातीमा
बरुला भएर चिली दिन्छ
एक प्यालाको नशामा
दुश्मन संग मिली दिन्छ
बरुला भएर चिली दिन्छ
एक प्यालाको नशामा
दुश्मन संग मिली दिन्छ
आयो गोर्खा जिन्दगीको
दुइ कदम अघि लम्किन्छ
खुकुरी भयो हाम्रो साथी
तारा भएर चम्किन्छ
दुइ कदम अघि लम्किन्छ
खुकुरी भयो हाम्रो साथी
तारा भएर चम्किन्छ
रात दिनको यो आंखा
देउरालीको भाका
पर्खी बस्ने चियाबारीमा
हाम्रै मामा काका
देउरालीको भाका
पर्खी बस्ने चियाबारीमा
हाम्रै मामा काका
सहिद भएर मरेको भाई
समय परेछ हिउँदो
रित्तो भयो मेटिएर गयो
हाम्रै चेली को सिउँदो
समय परेछ हिउँदो
रित्तो भयो मेटिएर गयो
हाम्रै चेली को सिउँदो
आर्नोल्ड राई
संत मरीज हिल
खर्सांग
दार्जीलिंग
संत मरीज हिल
खर्सांग
दार्जीलिंग


Post a Comment