नेपाली पोसाकमा भारतीय चुनाव प्रचार
खटिमा : कंग्रेस आईबाट भरखरै भारतीय जनता पार्टी प्रवेश गरेका सतपालजी महाराज शुक्रबार उत्तराखण्डको खटिमा बजारमा दौरासुरुवाल, ढाकाटोपी र कोटमा भेटिए । आध्यात्मिक प्रवचनमा ख्याति कमाएका उनले भाजपा उम्मेदवार भगतसिंह कोस्यारीलाई भोट मागे । नेपाल र नेपालीको प्रशंसा गर्दै नरेन्द्र मोदी प्रधानमन्त्री भए दुई देशको सम्बन्ध अझ प्रगाढ हुने दाबीसमेत गरे । नेपाली सञ्चारकर्मीसँगको कुराकानीमा उनले चुनावी प्रचारमा नेपाली पोसाक लगाउनुको रहस्य खोले । 'नेपाली टोपी हिमालयजस्तै उच्च छ, त्यसैले लगाउँछु अनि दौरासुरुवालमा टाँक प्रयोग नहुने भएकाले लाउन निकै सुविधा हुन्छ,' उनले भने, 'मलाई नेपाली पोसाक असाध्यै मन पर्छ ।'
उनले नेपाली पोशाक लगाउनुको रहस्य भने शाहजहापुरबाट आएका कार्यकर्ता आशाराम कश्यपले खोले । 'सीमा क्षेत्रमा बसोबास गर्ने दुवै देशका नागरिकबीच बिहेबारी र व्यापार/व्यवसाय भएकाले चुनावका बेला नेपाली नागरिकलाई पनि रिझाउनुपर्छ,' कश्यपले कान्तिपुरसँग भने, 'भारततर्फ पनि नेपाली मूलका धेरैको बसोबास छ ।' सञ्चारकर्मीसँग सतपालजीले लोकसभा निर्वाचन एमपी -सांसद) को नभई पीएम -प्रधानमन्त्री) को भइरहेको बताए । मोदी प्रधानमन्त्री भए नेपाललाई जुनसुकै सहायता प्रदान गर्न भारत पछि नपर्ने उनको दाबी थियो । 'हामी नेपालमा लोकतान्त्रिक पद्धतिअनुसारको सरकार चाहन्छौं,' उनले भने, 'राजसंस्थालाई सघाउने प्रकारका गतिविधि हुँदैनन्, हामी छिटो संविधान बनोस् र नेपालको विकासमा भारतको महत्त्वपूर्ण भूमिका रहोस् भन्ने चाहन्छौं ।'
उत्तराखण्डको नैनीताल निर्वाचन क्षेत्रअन्तर्गतको खटिमा बजार कञ्चनपुरको महेन्द्रनगरबाट करिब ३० किमि टाढा पर्छ भने महाकालीपारिका चाँदनी र दोधारा गाविससँग जोडिएको छ । यस क्षेत्रबाट भाजपाका कोस्यारी चुनावी मैदानमा छन् । शुक्रबार कोस्यारीले खटिमालगायत सीमा क्षेत्रका बजार र ग्रामीण भेगमा प्रचार गरे । नेपालसँगको परम्परागत, सांस्कृतिक, सामाजिक र आर्थिक सम्बन्ध भाजपा विजयी भए अझ विस्तार हुने बताए । भारतीय नेताहरू जुनसुकै दलको भए पनि आफ्नो भाषणमा नेपालसँगको सम्बन्धलाई 'रोटी बेटी' को मित्रताका रूपमा व्याख्या गर्छन् । सिंहले पनि त्यसैको अनुसरण गरे । करिब २ घन्टा खटिमामा व्यस्त रहेका सतपालजीको चुनावीसभाका अधिकांश सहभागी मानव धर्म सेवा समितिका अनुयायी थिए । दार्चुलादेखि कञ्चनपुरसम्म सीमा जोडिएको उत्तराखण्डमा आगामी मे ७ मा निर्वाचन हुँदै छ ।

- E-Kantipur

Post a Comment