Header Ads

रातको अँध्यारो फिका हुन्छ : नेपाली कविताहरु


रातको अँध्यारो फिका हुन्छ,
पुर्नेको जुनमा हुँदैन तृष्णा,
जतिनै राम्रो भए पनि,
कागजको फुलमा हुँदैन बास्ना |


तिमीलाई पर्खेको पलहरुलाई,
बिर्सनु सकिन डाँड़ालाई ,
मुटुको ढोका खुल्लै छ,
के गर्नु घोंच्ने काँड़ा लाई |


मन्दिरको घण्टी बज्दै थियो,
मिर्मिरे घामको मेलामा,
दिलको धड्कन कम्जोर थियो,
एक्लै छोडेको बेलामा |


प्रतिक्षाको दिनहरु गन्दै,
कपाल धेरै फुली सकेछ,
अब त सायद भै सक्यो बेला,
सबैले मलाई भूली सकेछ |


जिउँदो मान्छेको परिवेशमा
सबैको आफ्नो दलहरु,
सुकेको रुखको हाँगामा,
कहिले फल्नु फलहरु |


आर्नोल्ड राई,
संत मे रीज हिल,
खर्सांग,
दार्जीलिंग |
Powered by Blogger.