अपहरित छात्राहरुका सूचना सेनालाई: गभर्नर
नाइजेरियाको बोर्नो राज्यका गभर्नरले इश्लामवादी संगठन बोको हरामद्वारा अपहरित दुई सय स्कुले छात्रालाई राखेको ठाउँबारे आफूलाई सूचना प्राप्त भएको बताएका छन्। गभर्नर काशिम शेटिमाले बीबीसीसँग कुरा गर्दै त्यसबारे सेनालाई अवगत गराएको जानकारी दिए। उनले अपहरित छात्राहरुलाई सीमापारी छिमेकी चाड वा क्यामरुन लगिएको जस्तो आफूलाई नलागेको उल्लेख गरेका छन्।
धम्की
गभर्नर शेटिमाले भने, “हामीले उनीहरु कुनै स्थानमा देखा परेको खबर पाएका छौँ, त्यसको जाँच र पुष्टी गर्दै थप सुचना जुटाएर बन्धक बनाइएका हाम्रा छोरीहरु राखिएको वास्तविक ठाउँ पता लगाउन भनेर सम्बन्धित सैनिक निकायलाई त्यो सूचना उपलब्ध गराइसकेका छौँ।” स्थानीय भाषामा ‘पश्चिमा शिक्षा प्रतिवन्धित छ’ भन्ने अर्थ रहेको बोको हरामले गत महिना एक रात एउटा बोर्डिङ स्कूलबाट ती छात्राहरुलाई अपहरण गरेको थियो। अपहरण गरेको कुरा स्वीकार ग्दै उक्त संगठनले ती छात्रालाई स्कूलमा राख्नुको साटो उनीहरुको विहे गरिदिनु पर्ने बताएको छ। उसका एकजना कमाण्डरले दासीको रुपमा उनीलाई बेच्ने चेतावनी दिएका थिए।
अभियान
अपहरित छात्राहरुमा केही मुस्लिम सहित अधिकांश इशाई धर्मावलम्बिहरु रहेको बताइएको छ। ती छात्राहरु अपहरित ठाउँ चिबोकमा दुबै धर्मावलम्बिहरुको एउटा सानो समुदायको बसोबास छ। नाइजेरियाका राष्ट्रपति गुडलक जनाथनको आग्रहपछि छात्राहरुको खोजीकानिम्ति अमेरिका, ब्रिटेन र फ्राँन्सले आफ्ना विज्ञहरुको टोली पठाएका छन्। बोको हराम नाइजेरिया सरकार विरुद्धको हिंसात्मक अभियानमा सन् २००९ देखि लागेको हो। हिंसा र सुरक्षा कारवाहीमा यस वर्षमात्रै कम्तिमा १२ सय मानिस मारिएका छन्।

Post a Comment