Header Ads

भ्यालेन्टाइन डे मनाउँदा ३२ वर्ष कैद

भ्यालेन्टाइन डे मनाएको अभियोगमा साउदी अबरमा पाँच युवाले ३२ वर्षको जेल सजाय भोग्नुपर्ने भएको छ । महिला साथीहरुलाई बोलाएर भ्यालेन्टाइन डे मनाएका उनीहरुलाई साउदी अरबको एउटा अदालतले ३२ वर्ष कैद र ४५ सय पल्ट कोर्रा हान्ने सजाय सुनाएको हो । भ्यालेन्टाइन डे अर्थात १४ फेब्रुअरीका दिन स्थानीय प्रहरीले उनीहरुलाई अल फारुक क्षेत्रमा भाडाको घरबाट पक्राउ गरेको थियो । त्यसबेला उनीहरुबाट गुलावको फुल, मुटु आकारका प्रेम चिन्हहरु, मैनबत्ति र मदिरा बरामद गरिएको थियो । उनीहरुमाथि महिलासँग अवैध सम्बन्ध बनाएको, नाचेको र रक्सी पिएकोमा दोषी ठहर गरिएको छ । पार्टीमा सहभागी रहेका महिलाहरुलाई भने अहिलेसम्म सजाय सुनाइएको छैन् । अभियुक्त पुरुषहरुले आफू विरुद्ध लागेको आरोप स्वीकार गरेका छन्। उनीहरुले जेद्दामस्थित क्रिमिनल कोर्टसामु आफ्नो अपराध स्वीकार गरेको गल्फ न्यूजले जनाएको छ । 

साउदी राजा अब्दुल्लाहले सिधै नियुक्ति गरेका प्रहरीहरु रहेको सरकारी एजेन्सी कमिसन फर द प्रमोसन अफ भर्चु एन्ड पि्रभेन्सन अफ भाइस -सीपीभीपीभी) र सुरक्षाकर्मीको गस्तीले उनीहरुलाई पक्राउ गरेको हो । सीपीभीपीभीमा झन्डै ४ हजार प्रहरी कार्यरत छन् । सीमित अधिकार पाएका सीपीभीपीभीका प्रहरीले सार्वजनिक स्थानमा ड्रेस कोड, महिला र पुरुषका अलग-अलग पंक्ति, इस्लामीहरुको प्राथना नमाज, नमाजको समय र नागरिकको अनुचित व्यवहारजस्ता कुरामा निगरानी गर्छ । त्यहाँको कानुन अनुसार भ्यालेन्टाइन डे मान्न नपाइने भएकाले उनीहरुलाई पक्राउ गरिएको थियो । त्यहाँ मदिरा सेवन गर्न पाइदैन भने, महिलाले परम्परागत पहिरन लगाउनुपर्ने र परिवारका सदस्यबाहेक अन्य पुरुषसँग नजिक हुन नपाउने कानुन छ ।

Powered by Blogger.