सुन साटेको खुन हरु : नेपाली कविताहरु
सुन साटेको खुन हरु,
अल्झी आएछ लहरा मा,
बिरह चल्ने धुनहरु,
सुन्दो रहेछ पहरा मा |
पाइला रहेछ नमेटिने,
यहाँ बलुवा र माटो मा,
कारण बेगार मर्नु पर्दो रहेछ,
हिजो बाँचेको साटो मा |
यहाँ बलुवा र माटो मा,
कारण बेगार मर्नु पर्दो रहेछ,
हिजो बाँचेको साटो मा |
नयाँ नयाँ बनाई सकेछ,
कौडी घुमाउने साँचा हरु,
तड्पी तड्पी मर्दो रहेछ,
पानी बिना को माछा हरु |
कौडी घुमाउने साँचा हरु,
तड्पी तड्पी मर्दो रहेछ,
पानी बिना को माछा हरु |
तिम्रो नाम लेखिएको रहेछ,
रित्तो खाट को शिरानी मा,
औँला को औठी खसेको रहेछ,
आगो ले झारेको खरानी मा |
रित्तो खाट को शिरानी मा,
औँला को औठी खसेको रहेछ,
आगो ले झारेको खरानी मा |
आर्नोल्ड राई,
संत मेरीज हिल,
खर्सांग,
दार्जीलिंग |
संत मेरीज हिल,
खर्सांग,
दार्जीलिंग |
Post a Comment