Header Ads

बुइ चढेको आरोपमा कर्मचारी बर्खास्त

हामीकहाँ ठूलो पार्टीका ठूला नेताहरु कार्यकर्ताको बुइमा चढेर खोलो तरेका तस्वीरले बेलाबेलामा तहल्का मच्चाउने गर्छन् । त्यस्ता ढोँगी नेतालाई जनताले इन्टरनेटमा ‘थुइक्क’ भन्छन्, एकदुइ दिन गाइँगुइँ हुन्छ अनि कुरो सेलाउँछ । नैतिकता नभएका नेता भएको र ठूलालाई कानून नलाग्ने देश न हो हाम्रो । तर यदि हाम्रो देशका नेता चीनमा हुँदा हुन् त उनीहरुलाई कानूनले कसी लगाइहाल्थ्यो । यस्तै मान्छेको बुइ चढेको आरोपमा चीनमा हालै एकजना सरकारी अधिकारी बर्खास्त भएको समाचारले अहिले चर्चा पाएको छ ।

समाचार अनुसार पूर्वी चीनमा बाढि पीडितको खोज तथा उद्दारमा खटिएका एक सरकारी कर्मचारी अर्को मान्छेको बुइ चढेर भ्रमणमा निस्किएको तस्वीर इन्टरनेटमा भाइरल बनेसँगै उनलाई सरकारले बर्खास्त गरेको हो । जियांजी प्रान्तको गुइग्जीका ती सरकारी अधिकारी केवल कुर्कुच्चा डुब्ने पानीमा समेत आफै नहिँडी अर्को मान्छेको बुइ चढेर बाटो पार गरिरहेका थिए । सिन्ह्वाका अनुसार गएको शनिवार उनको यस्तो तस्वीर इन्टरनेटमा अपलोड भएसँगै त्यसले ठूलै तहल्का मच्चायो । ती कर्मचारीको नाम वांग हो, जो स्थानीय कार्यालयको उप निर्देशक हुन् । उनी आफ्ना सहयोगी डिंग नामका कर्मचारीको बुइ चढेका थिए । यसले सरकारी कर्मचारीको प्रतिष्ठामा आँच पूराएको र नैतिकता विपरितको काम भएकेा ठहर सरकारले गरेको छ ।
 
Powered by Blogger.