बलिउडका मशहूर अभिनेत्री बेन्द्रे सोनाली सर्वाधिक महंगी टेलिभिजन एक्ट्रेस बने
मुम्बई। बलिउडका फिल्ममा आफ्नो सुन्दरता र अभिनयको माध्यमबाट दर्शकको मनमा बस्न सफ लबनेकी अभिनेत्री सोनाली बेन्द्रेले अब टेलिभिजन सिरियलमा आफ्नो सुन्दरता देखाउने भएकी छन् । जसका लागि उनले प्रति एपिसोड ४ लाख रुपैंयाँ लिएकी छन् । उनी लाइफ ओके च्यानलको सिरियल ‘अजीब दास्ताँ है ये’मा देखिन लागेकी हुन्। उनको यो पारिश्रमिकले टेलिभिजनको दुनियाँमा अभिनय गर्ने सर्वाधिक महंगी भारतीय अभिनेत्री बनेकी छन्। यसअघि महंगी टेलिभिजन नायिकाका रुपमा चिनिएकी ‘पवित्रा रिश्ता’की अभिनेत्री अंकिता लोखंडे थिईन्, जसले प्रति एपिसोड १ लाख रुपैंयाँ लिने गर्दथिईन्। सोनालीले अभिनय गर्न लागेको यो सिरियलको प्रोडक्सन हाउस एकता कपुरको प्रोडक्सन हाउस बालाजी फिल्मस् हो। निर्माता एकताले पनि सोनालीको सुन्दरता र लोकप्रियतालाई हेरेर ४ लाख रुपैंयाँ दिँदा आफुलाई कुनै घाटा नहुने बताएकी छन्।


Post a Comment