सुनेर बस , खोजेर खाऊ : नेपाली कविताहरु
सुनेर बस , खोजेर खाऊ,
जाती नै भएन जिन्दगी को घाव,
उर्लेको नदी , उमब्लेको पानी,
तरेर जाने एउटै छ नाउ |
जाती नै भएन जिन्दगी को घाव,
उर्लेको नदी , उमब्लेको पानी,
तरेर जाने एउटै छ नाउ |
सम्हाल होशहरु , यौवन को जोश हरु,
फुल को घारी छ,
पछ्यौरी को बुट्टा मा,
चाली देऊ पाइला,
नहेर खुट्टा मा |
फुल को घारी छ,
पछ्यौरी को बुट्टा मा,
चाली देऊ पाइला,
नहेर खुट्टा मा |
सम्झना को तरंग हरुमा,
छट्पटाउनु छ होला,
सम्झाउने - बिर्साउने,
छेवैमा मा छ खोला |
छट्पटाउनु छ होला,
सम्झाउने - बिर्साउने,
छेवैमा मा छ खोला |
सपना बाट तर्सेको , जमाना ले बिर्सेको,
यौवन अल्झेछ काँडा मा,
दिन भरी बादल ले पर्खी बस्यो,
घाम दुबेछ डाँड़ा मा |
यौवन अल्झेछ काँडा मा,
दिन भरी बादल ले पर्खी बस्यो,
घाम दुबेछ डाँड़ा मा |
आफुलाई पहरा मा राखी सकेछ,
जून - तारा लागी सकेछ,
फाटी सकेको घुम्टो उघारी,
दिल भित्र लुकी सकेछ |
जून - तारा लागी सकेछ,
फाटी सकेको घुम्टो उघारी,
दिल भित्र लुकी सकेछ |
आर्नोल्ड राई,
संत मेरीज हिल,
खर्सांग,
दार्जीलिंग |
संत मेरीज हिल,
खर्सांग,
दार्जीलिंग |


Post a Comment