सौ पल्ट ठोक तिम्रो निधार : नेपाली कविताहरु
सौ पल्ट ठोक तिम्रो निधार ,
ढुंगा चल्दै - चल्दैन ,
खोला जस्तो पेट्रोल हाल ,
पानी कहिल्यै जल्दैन
ढुंगा चल्दै - चल्दैन ,
खोला जस्तो पेट्रोल हाल ,
पानी कहिल्यै जल्दैन
आगोको रापमा बसेर ,
उम्लेको पानी छुँदैन ,
सपनीमा गीत गाए पनि ,
बिहान कसैले सुन्दैन
सपनीमा गीत गाए पनि ,
बिहान कसैले सुन्दैन
सांझको घाँटी समाए पनि ,
रात हुन्छै -हुन्छ ,
साँचो जति बके पनि ,
कस्को कानले सुन्छ ?
रात हुन्छै -हुन्छ ,
साँचो जति बके पनि ,
कस्को कानले सुन्छ ?
समाजको ढोका बन्द भए पनि ,
चोखो मुटु हुनु पर्छ ,
बाहिरको संसार बद्ली सकेछ ,
मुटुले , मुटु छुनु पर्छ
चोखो मुटु हुनु पर्छ ,
बाहिरको संसार बद्ली सकेछ ,
मुटुले , मुटु छुनु पर्छ
तिम्रो मुटु लगेर ,
भित्तामा लगी सजाँउछ ,
मैला ड़ोरीले बाँधेर ,
घुमाइ -घुमाइ नचाँउछ
भित्तामा लगी सजाँउछ ,
मैला ड़ोरीले बाँधेर ,
घुमाइ -घुमाइ नचाँउछ
कसैको पुच्छर नसमाऊ ,
तिमी , ' तिमी' नै हुनु पर्छ ,
अन्तिम जीन्दगीको ढोकामा ,
नत्र तिमी रूनु पर्छ
तिमी , ' तिमी' नै हुनु पर्छ ,
अन्तिम जीन्दगीको ढोकामा ,
नत्र तिमी रूनु पर्छ
श्री आर्नोल्ड राई ,
सन्त मेरीज हिल ,
खर्साड्ग
सन्त मेरीज हिल ,
खर्साड्ग


Post a Comment