वरी - परी माया छरी : नेपाली कविताहरु
वरी - परी माया छरी,
रित यहाँ बेग्लै छ,
माया गर धेरै - धेरै,
आउनु जानु एक्लै छ |
रित यहाँ बेग्लै छ,
माया गर धेरै - धेरै,
आउनु जानु एक्लै छ |
आकाश को छाती भरी - भरी,
तारा झुण्डिएर बाँचेछ,
कालो रात को गहिराईमा,
चन्द्रमा फेरी हांसेछ |
तारा झुण्डिएर बाँचेछ,
कालो रात को गहिराईमा,
चन्द्रमा फेरी हांसेछ |
संसार घुम्छ वरी - परी,
बोकेर एउटा छडी,
स्वार्थी संसार को भुँवरी देखी,
तर्सेछ एउटा परी |
बोकेर एउटा छडी,
स्वार्थी संसार को भुँवरी देखी,
तर्सेछ एउटा परी |
घुम्दा घुम्दा थाकेर,
बादल मा गएर बसेछ,
एउटा हातले तारालाई बोकी,
खुट्टा ले जुन लाई टेकेछ |
बादल मा गएर बसेछ,
एउटा हातले तारालाई बोकी,
खुट्टा ले जुन लाई टेकेछ |
हावा को झोंका , भयो एउटा धोका,
हात बाट तारा झरेछ,
हतार मा तारा टिपेर ल्याउँदा,
जुन मा दाग बसेछ |
हात बाट तारा झरेछ,
हतार मा तारा टिपेर ल्याउँदा,
जुन मा दाग बसेछ |
आर्नोल्ड राई,
सन्त मेरीज हिल,
खर्सांग,
दार्जीलिंग |
सन्त मेरीज हिल,
खर्सांग,
दार्जीलिंग |


Post a Comment