ममताहरू बग्दै - बगेन : नेपाली कविताहरु
ममताहरू बग्दै - बगेन ,
धुन सकेन धारामा ,
चुपचाप - चुपचाप हिंड़ी बस्यो ,
बाटो भरिको काँड़ामा
धुन सकेन धारामा ,
चुपचाप - चुपचाप हिंड़ी बस्यो ,
बाटो भरिको काँड़ामा
बोल्न सकेन मन्द पवनमा ,
गन्ध मात्र घुमी बस्छ ,
साथी चाहिन्दैन , कसम खाँदैन ,
छायाले मलाई रूड्गी बस्छ
गन्ध मात्र घुमी बस्छ ,
साथी चाहिन्दैन , कसम खाँदैन ,
छायाले मलाई रूड्गी बस्छ
मुटुको घांव देख्न सकेन ,
दाग लागेछ छुरीमा ,
झोपडीमा बत्ती बल्न सकेन ,
तारा जन्मेछ धुरीमा
दाग लागेछ छुरीमा ,
झोपडीमा बत्ती बल्न सकेन ,
तारा जन्मेछ धुरीमा
सपना रहेछ जीन्दगानी ,
रात भरि - भरि साँचेछ ,
दिन हुँदा मरेर गयो ,
माया सिरानीमा गाँसेछ
रात भरि - भरि साँचेछ ,
दिन हुँदा मरेर गयो ,
माया सिरानीमा गाँसेछ
ममता बाँचेछ आमाको ,
छात्तीमा झण्ड़ा गाड़ेछ ,
मुटुको टुक्रा बनाइ , वरी - परी ,
हात - हातमा सबैलाई बाँड़ेछ
छात्तीमा झण्ड़ा गाड़ेछ ,
मुटुको टुक्रा बनाइ , वरी - परी ,
हात - हातमा सबैलाई बाँड़ेछ
महानता छ , तिमी महान छौ ,
जब सम्म हावा चली रहन्छ ,
आउँने - जाने बाटोहरूमा सम्झना छ ,
जब सम्म यो संसार रहन्छ
जब सम्म हावा चली रहन्छ ,
आउँने - जाने बाटोहरूमा सम्झना छ ,
जब सम्म यो संसार रहन्छ
आर्नोल्ड राई ,
सन्त मेरीज हिल ,
खर्साड्ग
सन्त मेरीज हिल ,
खर्साड्ग


Post a Comment