आँफुलाई हरियाली मा लुकाएर : नेपाली कविताहरु
आँफुलाई हरियाली मा लुकाएर,
जली रहन्छ जली रहन्छ खुब,
सपना सजेको नकल्ली हँसाई मा,
यहाँ को यही हो अस्सली रुप |
जली रहन्छ जली रहन्छ खुब,
सपना सजेको नकल्ली हँसाई मा,
यहाँ को यही हो अस्सली रुप |
खरानी पनि बगाई लगेछ,
झरेछ पानी को छाँगो मा,
छनिक उज्यालो उकालो ओरालो,
बल्जियेछ अल्झीयेछ दियो को धागोमा |
झरेछ पानी को छाँगो मा,
छनिक उज्यालो उकालो ओरालो,
बल्जियेछ अल्झीयेछ दियो को धागोमा |
बस् पर्दा उठ्नु बाँकी छ,
आंधी तुफान रोक्नु छ,
बचाई राखेको यो प्रिकृती लाई,
अन्तिम पल्ट ढोक्नु छ |
आंधी तुफान रोक्नु छ,
बचाई राखेको यो प्रिकृती लाई,
अन्तिम पल्ट ढोक्नु छ |
हर कसम को याद राखेर,
निशानी राखे ताकेर,
गोर्खाली म मार्दै मारिन,
बिस को पानी चाखेर |
निशानी राखे ताकेर,
गोर्खाली म मार्दै मारिन,
बिस को पानी चाखेर |
सौ वटा गोली को,
हजार हुन्छ बोली,
लाखौँ जवाब झोला भरी,
उत्तर आउँछ भोली |
हजार हुन्छ बोली,
लाखौँ जवाब झोला भरी,
उत्तर आउँछ भोली |
धेरै सपना सजाको छु,
बाङ्गो टेँड़ो बाटो मा,
आज पनि इतिहास जिउँदो छ,
दार्जीलिंग को माटो मा |
बाङ्गो टेँड़ो बाटो मा,
आज पनि इतिहास जिउँदो छ,
दार्जीलिंग को माटो मा |
आर्नोल्ड राई,
संत मेरीज हिल,
खर्सांग,
दार्जीलिंग |
संत मेरीज हिल,
खर्सांग,
दार्जीलिंग |


Post a Comment