कवि उदय थुलुङको “बिम्ब कविता” को क्याफे रिलिज
प्रज्ज्वल छेत्री
कालेबुङ: कवि उदय थुलुङले “बिम्ब कविता”-प्रशाकमा ल्याएका छन्। नेपाली साहित्यको कविता विधामा नौलो परिपाटीमा लेखिएको थुलुङको “बिम्ब कविता”-को आज क्याफे रिलिज गरियो। स्थानीय एक होटलमा सर्जकहरू शमसेर अलि, सुधिर छेत्री, टिका “भाई”, उमेश उपमाले कफिको स्वादसँगै उक्त सङ्ग्रह विमोचन गरेका हुन्। अघिबाटै साहित्य अकादमी पुरस्कारले सम्मानित मङ्पु निवासी कवि थुलुङले सङ्ग्रहभित्रका कविताहरू नौलो संचरनामा रचिएको बताए। वर्ष 2000 देखि नै थालेको केवल 10 वटा शब्दहरूभित्रमा नै कविता सृजना गर्ने आफ्नो अभियानलाई आज पुस्तकाकारको रूप दिएको उनले बताए। नौलो परिपाटिमा रचिएको थुलुङका कविताहरू शिर्षकबिहिन छन्।

मादलका
दुई गालाहरू
धिन्ताङ धिन्ताङ गर्दै
बजाईमाग्छन् आफैलाई उदारो चाडबाडमा।
प्रथम, दोस्रो, तेस्रो र चौथो हरफ क्रमशः एक, दुई, तीन र चार शब्दहरूले निर्मित रहेकोले यस सङ्ग्रह नेपाली साहित्यको कविता विधाको निम्ति नौले हुनसक्छ। आफूलाई कथाकार अनि कवि दुवै बताउने थुलुङको यस सङ्ग्रले नेपाली साहित्य जगतमा नयाँ आयाम भित्राउसक्ने छाँट देखिन्छ। नेपाली साहित्य क्षेत्रमा वर्षौदेखि साहित्य सृजना गरिरहेका थुलुङले यसअघि दुईवटा कविता सङ्ग्रह अनि चारवटा कथा सङ्ग्रह प्रकाशमा ल्याइसकेका छन्।

Post a Comment