Header Ads

बोलेको कुरा फेसबुकमा आफै टाइप हुने !

फेसबुक म्यासेन्जरमा च्याट गर्दा अब तपाईंले टाइप गर्नुपर्दैन । बोलेको कुरा आफैं टाइप हुन्छ र तपाईंले सम्बाद गरिरहेका साथीकहाँ पुग्छ । सुन्दै अनौठो लाग्ने यो फिचर प्रयोग गर्न अब प्रयोगकर्ताले धेरै कुर्नुपर्ने छैन् । फेसबुकले हालै ‘भ्वाइस टु टेक्स्ट’ प्रबिधिको बिकाश गरेको घोषणा गरेको छ । परिक्षणका लागि छिटै रुपमा सानो समूहलाई यस्तो सुबिधामा पुहँच दिने फेसबुकले जनाएको छ । यसअघि फेसबुक म्यासेन्जरले च्याटमा भ्वाइस क्लिप पठाउने सुबिधा सुरु गरेको थियो जुन ह्वाट्सएप, स्न्यापच्याट, भाइवर लगायत मुख्य म्यासेजिङ एपले पनि दिन्छन् । तर, फेसबुक एक कदम अगाडी बढ्दै बोलेको कुरा आफै टाइप हुने प्रबिधिको बिकाश गरेको छ । प्रयोगकर्ताले टाइप गर्न नसक्ने अबस्थामा यो फिचर निकै उपयोगी हुने फेसबुकका कर्मचारी डेभिड मार्कस बताउँछन् । यदि कुनै साथीले भ्वाइस क्लिप पठाएको छ भने तत्कालै त्यसलाई टेक्स्टमा कन्र्भट गरी सुन्न सकिने छ । यो सुबिधा फेसबुकको डेस्कटप वा मोबाइल भर्सनमा भने उपलब्ध हुने छैन् । त्यसका लागि प्रयोगकर्ताले फेसबुक म्यासेन्जर एप डाउनलोड गर्नुपर्ने छ ।

Powered by Blogger.