Header Ads

फिल्म ‘ड्रिम्स’ देखि निर्देशक बन्दै चर्चित नेपाली फिल्म अभिनेता भुवन के.सी.

काठमाडौँ । करोडपति, नेपालीबाबु, म तिमीबिना मरिहाल्छु नी, साथी म तिम्रो जस्ता चर्चित नेपाली फिल्महरु निर्माण गरेका नायक भुवन केसी अब निर्देशक बन्ने भएका छन्। फिल्म उद्योगमा सक्रिय भएको तीन दशक पश्चात भुवनले पहिलो पटक फिल्म निर्देशन गर्न लागेका हुन्। उनले निर्माण गरेका फिल्महरुले व्यापारिक सफलता हासिल गरेका थिए। उनलको निर्देशनमा बन्न लागेको फिल्म ‘ड्रिम्स’को छाँयाङ्कन फागुन १० गतेबाट हुने भएको छ। भुवनले आफ्ना छोरा अनमोल केसीलाई लिएर फिल्म बनाउन लागेका हुन। अनमोललाई अहिले नेपाली सिनेमा नगरीमा नयाँ स्टारको रुपमा हेर्न थालिएको छ। फिल्म ‘होस्टल’बाट डेब्यू गरेका अनमोल अहिलेका युवा पुस्ता माझ चर्चित छन। अनमोलले अभिनय गरेका ‘होस्टल’ र ‘जेरी’ फिल्मले राम्रो व्यापार गरेको थियो। फिल्ममा अनमोलको जोडीका रुपमा कसलाई राखिने हो फिल्म युनिटले गोप्य राखेको छ। सामिप्य राज तिमलसेनाको स्क्रिप्टमा निर्माण हुन लागेको फिल्मको छायांकन काठमाण्डौ र पोखरामा हुने बताईएको छ।

Powered by Blogger.