दुनियाको सर्वाधिक धनी बिरालो, वार्षिक कमाइ ३५ करोड
यो विश्वकै सबैभन्दा धनी तथा चर्चित बिरालो हो । सायद यति धनी त विश्वका करोडौँ मानिस पनि छैनन् होला। चोपेट लेजरफिल्ड नामको यो बिरालोले अघिल्लो वर्ष एक टेलिभिजन शो मा काम गरेर झण्डै ३५ करोड रुपैयाँ जति रकम कमाउन सफल भएको छ । यो बिरालोको अहिलेपनि वाषिर्क कमाइ औषतमा पुगनपुग ३० करोड रुपैयाँ छ । यो भाग्यमानी बिरालो हो जर्मनीको । यो बिरालोको सेवागर्नका लागि दुइजना महिला कर्मचारी खटाइएका छन् । देशभित्र होस् वा विदेश यात्रा यो बिरालो आफ्नै निजी बिमानमा उड्छ । ३ वर्षको चोपेटको सबैभन्दा ठूलो पहिचान यो बिरालो विश्वविख्यात जर्मन फेसन डिजाइनर कार्ल लेजरफिल्डको बिरालो हो । यो बिरालो सदैव लेजरफिल्डकै साथमा हुन्छ । बिरालोको आफ्नै इन्टाग्राम र टि्वटर अकाउण्ट रहेको छ । एक अन्तरवार्ताका क्रममा बिरालोका मालिक ८१ वर्षीय कार्ल आफ्नो बिरालोले गएको वर्ष केबल दुइवटा काम गरेर ३० लाख युरो कमाएको बताउँछन् । जापानी ब्युटी प्रडक्टका साथै जर्मन कारको विज्ञापनमा यो बिरालो खेलेको छ । तर उनले आफ्नो बिरालोलाई खानेकुराको विज्ञापनमा भने नखेलाउने बताउँछन् ।
Post a Comment