१० हजार चल्ला बोकेको ट्रक पल्टिएपछि चोर्नका लागि झुम्मिए
चीनको बिनझोयु प्रान्तमा १० हजार भन्दा बढि संख्यामा कुखुराका चल्ला बोकेर गुडिरहेको ट्रक अचानक सडकमा पल्टियो। ट्रक पल्टिएपछि त्यसभित्र रहेका चल्लाहरु सडकमा पोखिए र दौडिन थाले। सडकभरी चल्लाका बिस्कुन भरिएपछि ट्राफिक पुलिसले उक्त सडकमा गाडी चल्न नै रोक लगाइदियो । गाडी नचलेपछि पांग्राले चल्ला किच्न त पाएनन् तर चल्ला चोर्नका लागि मानिसहरुबीच होडबाजी मच्चियो। स्थानीय गाउँलेहरु सडकमा पोखिएका चल्ला चोर्नका लागि झुम्मिए। घरका भएभरका भाँडाकुँडा, टोकरी ल्याएर जिउँदा चल्ला भरेर लगे। यतिले मात्र पुगेन कतिपयले त आफैले लगाएको टिसर्टमा समेत ज्यूँदा चल्ला कोचेर लगे ।
हेरौँ चल्ला टिप्न झुम्मिएका गाउँलेका दृश्यहरु
हेरौँ चल्ला टिप्न झुम्मिएका गाउँलेका दृश्यहरु
Post a Comment