Header Ads

आप्रवासी सवार दुई ठूला डुङ्गा समुन्द्रमा दुर्घटना

बीबीसी
ट्रिपोली :
लिबिया किनारको समुन्द्रमा ठूला खालका दुईवटा डुङ्गा दुर्घटनामा परेका छन्। ट्रिपोलीको पश्चिमतर्फ रहेको जुवारास्थित अस्पतालमा कम्तिमा एक सयजनाको शव एकजना स्थानीय बासिन्दाले बीबीसीलाई बताए। ज्यान गुमाउनेहरुमा सिरिया, बांग्लादेश र कयौं अफ्रिकी लगायतका मुलुकका नागरिक छन्। तर त्यसको स्वतन्त्र रुपमा पुष्टि हुन सकेको छैन।

उद्धार
लिबियाको पश्चिमी तटीय शहर जुवाराबाट जलयात्रा थालेको केहीबेरमै पहिलो डुङ्गाले सहायता माग्दै संकेत दिएको थियो। बिहिवार सबेरै डुबेको पहिलो डुङ्गामा करिव ५० जना सवार थिए। त्यस्तै अबेर दिउँसो दुर्घटनामा परेको दोश्रो डुङ्गामा करिव ४ सय आप्रवासी सवार रहेको अनुमान छ। दुबै दुर्घटनामा परेका कम्तिमा २०१ जनाको उद्धार गरिएको बताइएको छ।

युरोप-प्रवेश
समुन्द्रमा उद्धारको काम गर्न लिबियाका तटरक्षकहरुसँग साधान श्रोत सीमित मात्र छ। राष्ट्रसंघका अनुसार यसवर्ष भूमध्यसागर पार गरेर युरोप जान खोज्ने करिव २४ सय मानिसको दुर्घटनामा ज्यान गइसकेको छ। समुद्री यात्राको प्रयास गर्नेहरुमा धेरै जसो द्वन्द्व र दुख छल्न खोज्नेहरु छन्। उनीहरु तस्करहरुले संचालन गरेका समुन्द्रमा यात्रा गर्न नसुहाउने डुङ्गामा लिबियाबाट प्रस्थान गर्छन्।
Powered by Blogger.