Header Ads

११ करोड मूल्य पर्ने भैँसी भन्दा अचम्मै नपर्ने कुरा

एउटा भैँसीको मूल्य कति पर्ला ? ५० हजार देखि लाख, डेढलाख सम्म । तर यो दुनियामा ११ करोड मूल्य पर्ने भैँसी समेत छन् भन्दा अचम्मै नपर्ने कुरा भएन । भारतको हैदरावादमा हरेक वर्ष आयोजना हुने सरदार उत्सव मेला नामक भैँसी मेला यो पटक विशेष रह्यो । कारण, मेलामा यसपटक एउटा यस्तो भैँसी ल्याइयो जसको मूल्य सुन्दा डरै लाग्छ । मुर्रा जातको त्यो भैँसीको मूल्य ७ करोड भारु तोकिएको थियो । ११ करोड नेपाली रुपियाँ भन्दा बढि मूल्यको त्यो बहुमूल्य भैँसी हरियाणाबाट ल्याइएको हो । स्मरण रहोस् हैदरावादका यादव समुदायले हरेक वर्ष दिपावलीका अवसरमा भैँसी उत्सव मनाउने गर्छन् । जसलाई दुन्नापोथुला पांडुगाको नामले पनि चिनिन्छ । यो उत्सवमा भाग लिनका लागि भारतका विभिन्न ठाउँबाट मानिसहरुले आ आफ्ना भैँसी लिएर आउँदछन् । भैँसीलाई फूलमाला पहिराएर सिँगारिन्छ । साथै भैँसीको परेड पनि खेलाइन्छ । 


Powered by Blogger.