Header Ads

दुइ वर्षमै ५४ बच्चाका पिता ! भन्छन् मस्ती होइन सेवा


लन्दन : एकजना व्यक्ति दुइ वर्षमै ५४ जना सन्तानका बाउ बनेका छन् । बेलायतका डेकलन रुनीले यस्तो किर्तिमान कायम गरेका हुन् । उनले आफ्नो शुक्रकिट महिलाहरुलाई दान गर्दछन्। उनले दान गरेको शुक्रकिटबाट अहिलेसम्म १७ जना छोरा तथा १४ छोरी जन्मिसकेका छन्। रुनीका आफ्नै भने ८ जना बच्चा छन् । उनले आफ्ना ४ अलग अलग गर्लफ्रेण्डहरुबाट ८ बच्चा जन्माएका हुन्। ४३ वर्षका रुनीले अहिलेसम्म ३१ जना महिलाहरुलाई आफ्नो शुक्रकिट दान गरेर आमा बन्न सहयोग गरिसकेका छन्। अघिल्लो वर्ष उनले शुक्रकिट दान गर्नका लागि वेबसाइट नै सुरु गरेका थिए। अहिले थप पन्ध्र जना महिलाहरु उनको शुक्रकिटबाट गर्भवती अवस्थामा छन्। यी महिलाले पनि बच्चा जन्माएपछि रुनीको शुक्राणुबाट जन्मिने बच्चाको संख्या ५४ पुग्नेछ ।

वास्तवमा उनीले निशुल्क शुक्रकिट दान गर्दछन्। उनी शुक्रकिट दान गर्नका लागि आफै लामो यात्रा गरेर बोलाएका ठाउँसम्मै पनि पुग्दछन् र त्यस क्रममा जाँदा आउँदाको भाडा बाहेक अरु केहीपनि पैसा लिँदैनन् । अझ रोचक त के भने उनले शुक्रकिट दान गर्नका लागि मोबाइल एप पनि सुरु गरेका छन् । उनले फेसबुकबाट पनि आफ्नो कामको प्रचार गर्दछन्। उनले महिलाहरुको चाहना र सुविधा अनुसार शुक्रकिट दान गर्दछन्। महिलाहरुले शुक्रकिट मात्र लिएर कृत्रिम गर्भाधान गर्न पनि सक्छन् वा रुनीसँग यौन सम्पर्क नै गरेर गर्भाधान गर्न पनि पाउँछन्। अहिलेसम्म केही महिलाहरुले आफुसँग प्रत्यक्ष यौन सम्पर्क गरेरै गर्भाधान गरेको उनको दाबी छ। आफुले मोजमस्तीका लागि नभै महिलाहरुको मद्धतका लागि यस्तो गर्ने गरेको जिकिर उनको छ। यो सेवा समलिंगी, द्धिलिंगी तथा सामान्य खालका सबै महिलाहरुको लागि भएको उनले बताएका छन्।

Powered by Blogger.