Header Ads

जन्मिइन् दुर्इ टाउको भएकी बालिका, शरीर एउटै


ढाका : बंगलादेशमा एउटा शरीर तर दुइवटा टाउको भएकी बच्ची जन्मिएकी छिन् । यी बालिकाका दुइवटा शिर छन् तरपनि हात खुट्टा जम्मा दुइ दुइवटा छन्। ब्राम्हणवारिया जिल्लाकी यी बालिकाको राजधानी ढाकास्थित एक अस्पतालमा उपचार भैरहेको छ । बालिकाका पिता मिया जमालका अनुसार बालिकाले दुबै टाउकोमा भएका दुइवटैै मुखबाट खान सक्छिन् अनि दुबै नाकबाट स्वास फेर्न सक्छिन् । बालिका र उनकी आमा अहिले स्वस्थ रहेको र यसमा आफु खुसी रहेको मिया जमाल बताउँछन् । चिकित्सा विज्ञानमा यस्ता घटना निकै विरलै हुने गर्छन् । दुइ टाउका तर एक सरीर हुने यो अवस्थालाई डाइसिफालिक प्याराप्यागस भनिन्छ । जसमा जुम्ल्याहा बच्चाको एउटै शरीर तथा अंग हुन्छन् तथापि दुइवटा शिर हुन्छन् ।

Powered by Blogger.