Header Ads

अनौठो गाउँः जहाँका मानिस बोल्दैनन्, इशाराले कुरा गर्छन्

 
इण्डोनेसियामा एउटा यस्तो गाउँ छ जहाँका हरेक व्यक्ति केवल इशाराले कुरा गर्छन् । पछिल्लो सात पिँढीदेखि बेँगकला नामको उक्त गाउँका मानिसहरु एक आपसमा बोलेकै छैनन् । उनीहरु मुखले हैन हातको इशाराले कुरा गर्छन्। गाउँमा झण्डै ३ हजार मानिस बस्दछन्। गाउँलेहरु मात्र हैन यहाँ रहेका विभिन्न कार्यालयहरुमा पनि मुखले कुराकानी हुँदैन, इशारामै कामकुरा हुन्छ। यो दुर्गम गाउँमा बाहिरी मानिसको खासै आवतजावत छैन। यहाँका मानिसहरु एक आपसमा संचारका लागि प्रयोग गर्ने सांकेतिक भाषालाई काटा कोलोक भन्दछन् । यो भाषा कैयौँ सताब्दी पूरानो रहेको बताइन्छ । काटा कोलोकले बोल्न तथा सुन्न नसक्ने मानिसलाई पनि सम्मान दिन्छ। यो गाउँमा बोल्ने तथा सुन्ने सम्बन्धी समस्या रहेका मानिसहरुको संख्या सामान्य भन्दा १५ प्रतिशत बढि छ । त्यसैले पनि सांकेतिक भाषा निकै लोकपि्रय बनेको छ । नबोल्ने गाउँ भएकैले होला यो गाउँको नामै बहिरो गाउँ रहेको छ।

- ऑनलाइन खबर बाट
Powered by Blogger.