Header Ads

कोलम्बियामा निर्णायक युद्धविरामको घोषणा


बीबीसी रिपोर्ट 
रियो डिजनीरो : शान्ति वार्ता सुरु भएको चार वर्षपछि कोलम्बियाको सबैभन्दा ठूलो विद्रोही समूह फार्कले राज्यविरुद्ध अब थप लडाइँ नगर्ने घोषणा गरेको छ। हभानामा भएको पत्रकार सम्मेलनमार्फत् उक्त विद्रोही समूहका नेताले आफ्ना छापामारहरुलाई सम्बोधन गर्दै युद्ध समाप्त भएको बताएका हुन्। शान्ति सम्झौता गर्ने सहमति अघिल्लो हप्ता भएको थियो जसलाई आउँदा केही साताभित्र हस्ताक्षर गरिने ठानिएको छ। यी कदमलाई कोलम्बियाको शान्ति प्रकृयाको कोसेढुंगाको रुपमा हेरिएको छ।

निर्णायक युद्धविराम लागू गर्न निर्देशन
फार्कका नेता टिमोलेयोन खिमेनेसले आफ्ना सबै लडाकुहरुलाई आइतबार मध्यरातदेखि निर्णायक युद्धविराम लागू गर्न निर्देशन दिएका हुन्। उनले राज्यविरुद्धको लामो द्वन्द्व सकिएको बताउँदै भने, "फार्क समूहको कमाण्डरको भुमिका अनुसार म हाम्रा सबै कमाण्डरहरु, एकाइहरु र सबै लडाकुहरुलाई आइतबार मध्यरातबाट राज्यविरुद्ध सबै शत्रुता अन्त्य गरि निर्णायक युद्धविराममा परिणत गर्न निर्देशन दिन्छु।" सरकार र विद्रोही पक्षबीच गत साता शान्ति सम्झौता गर्ने सहमति भएपछि युद्धविरामको यो घोषणा भएको हो। उक्त सहमति अनुसार आउँदो महिना, एक समारोहका बीच कोलम्बियाका राष्ट्रपति ख्वान मान वेल सान्टोस र फार्कका नेता टिमोलेयोन खिमेनेस बीच हुने सम्झौतामा हस्ताक्षर हुने ठानिएको छ। एउटा तरिकाले सोच्ने हो भने पूर्ण रुपमा युद्धविराम गर्ने फार्कको घोषणा एक विशुद्ध प्रक्रियागत कुरा हो। अर्को तरिकाले हेर्ने हो भने यो अन्त्यहीन शान्तीका लागि ऐतिहासिक क्षण पनि हो।

युद्धविराममा पहिला नै सम्झौता भइसकेको छ
प्रकृयागत यो मानेमा हो कि, दुइपक्षबीचको युद्धविराममा पहिला नै सम्झौता भइसकेको छ र धेरै महिनादेखि युद्धविराम कार्यन्वयन भइरहेको छ। तर निर्णायक युद्धविरामचाहिँ कोलम्बियाका राष्ट्रपति सान्टोस र फार्क नेताबीच अन्तिम शान्ति सम्झौतामा हस्ताक्षर भएपछि सेप्टेबरको अन्त्यमा लागू हुने अपेक्षा गरिएको थियो। तर यो ऐतिहासिक यस अर्थमा छ कि यसले २ लाख ६० हजार मानिसको ज्यान जाने गरि र लाखौं आन्तरिक रुपमा विस्थापित हुने गरि भएको ५० वर्षभन्दा लामो द्वन्द्वलाई अन्त्य गरेको छ। तर सबैभन्दा महत्वपूर्ण काम अझै बाँकि छ। अक्टोबरको सुरुमा हुने जनमतसंग्रहले हभानामा बर्षौ देखि भएका वार्ताहरु र राष्ट्रपति सान्टोस र फार्कको राजनीतिक भविष्य समेत तय गर्नेछ।
Powered by Blogger.