भूमध्यसागरबाट साढे ६ हजार आप्रवासीको उद्धार
बीबीसी रिपोर्ट
नैपल्स : इटलीका तटरक्षकले भनेका छन्, अहिलेसम्मकै ठूलो एक अभियानका क्रममा सोमबार लिबिया पारीको भूमध्येसागरबाट करीब साढे ६ हजार आप्रवासीको उद्धार गरिएको छ। लिबियाको सब्रथा नगरबाट करिब २० किलोमिटर टाढा, झन्डै ४० वटा उद्धारका अभियान भएका थिए। युरोपमा आर्थिक अवसर चाहिरहेका दशौं हजार अफ्रिकी र मध्यपूर्व अनि अफगानिस्तानका द्वन्द्वग्रस्त क्षेत्रका शरणार्थीहरु असुरक्षित पानीजहाजमार्फत समुद्र पार गर्छन्। ती मध्ये धेरैले आफ्नो ज्यान गुमाएका छन्।
११ सय भन्दा बढी आप्रवासीको उद्धार
एरिट्रिया र सोमालियाका भनिएका ती आप्रवासी, उद्धार गर्न ल्याइएको पानीजहाजलाई भेट्टाउन पौडीरहेका भिडियो सामग्रीमा देखिएको थियो भने केही मानिसहरु बच्चा बोकिरहेका देखिन्थे। आईतबार त्यही क्षेत्रबाट ११ सय भन्दा बढी आप्रवासीको उद्धार गरिएको थियो। सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै ४० वटा फरकफरक बहुराष्ट्रिय मिसनलाई समावेश गरेर सोमबार गरिएको उक्त उद्धार, आप्रवासीको रक्षाका लागि वर्षौं यताको सबभन्दा ठूलो अभियान भएको उनीहरुले बताएका छन्। सोमबार इटलीको पानीजहाजका साथै युरोपेली संघको सीमा संस्था फ्रन्टेक्स, गैरसरकारी संस्था प्रोएक्टिभा ओपन आर्म्स र मेडसँ साँ फ्रन्तियका पानीजहाज उद्धारकार्यमा सामेल थिए। समुद्री यात्राको लागि अयोग्य पानीजहाजमा खचाखच आप्रवासी भरिएको समाचार संस्था एपीले जनाएको छ। उद्धारकर्तासम्म मात्र पुग्न सकिने मात्रामा तिनमा इन्धन रहेको जनाइएको छ।
पुनर्वासको समस्यासँग कसरी जुध्नेका संकट
गत वर्ष सिरियाको गृहयुद्धबाट भागेका १० लाख भन्दा बढी आप्रवासीहरु युरोप प्रवेश गरेका थिए। आप्रवासीको प्रवेशले युरोपेली संघका सदस्य राष्ट्रहरुबीच, आप्रवासीको प्रवाहलाई कसरी मिलाउने र पुनर्वासको समस्यासँग कसरी जुध्ने भन्ने विषयको संकट उत्पन्न गरेको थियो। गत मार्चमा युरोपेली संघले टर्कीसँग, त्यहाँबाट ग्रीस प्रवेश गर्न खोज्ने आप्रवासीलाई रोक्न सम्झौता गरेको थियो। यद्यपि बाल्कन राष्ट्रले आप्रवासीलाई आफ्नो सीमाक्षेत्र प्रवेश गर्नबाट रोकेका थिए। त्यस्तो कदमले पूर्वी मध्येसागरको मार्ग हुँदै प्रवेश गर्ने आप्रवासीको संख्या घटाएको थियो। अस्थिरताले गर्दा लिबियालाई मानव तस्करले अखडा बनाएका छन्।

Post a Comment