Header Ads

Anthropological Survey of India (ASI) को कार्यक्रममा खम्बु राईको प्रस्तुती, PHOTOS


कोलकोता : भारत सरकार, संस्कृती मन्त्रालय अन्तर्गत “भारतीय मानवविज्ञान सर्वेक्षण (Anthropological Survey of India – ASI)” बिभाग द्वारा विशेषरुपमा पुर्वोत्तर राज्यहरुका आदिवासी जनजातिहरुको परम्परा तथा जातिय उत्सवका झाकीहरु प्रदर्शन गर्ने उदेश्यले "परम्परा" नामक सांस्कृतिक कार्यक्रम आयोजना गरेका थिए । “भारतीय संग्रहालय (Indian Museum)” स्थित “आशुतोष सेन्टेनेरी हल”मा संचालन भएको उक्त कार्यक्रममा “किराती खम्बु राई सांस्कृतिक संस्थान (KKRSS)” का एक सांस्कृतिक टोली दार्जीलिङ पहाडका जनजाति एवम् देशभरी फैलिएर बसोबास गर्ने लाखौ खम्बु राईहरुको प्रतिनिधित्व गर्दै कार्यक्रममा भाग लिन पुगेका थिए ।

भारतीय मानवविज्ञान सर्वेक्षण (ASI) का कायम कायम मुकायम निर्देशक – “डा० काकोली चक्रवर्ती” तथा अनुसुचित जनजाति सम्बन्धी उच्चस्तरिय अनुसन्धान अधिकृत - सम्मानिय “भिषु मैनी”का प्रतिनिधीको विषेश निमन्त्रणामा केकेआरएसएस टोली उक्त प्रतिष्ठित कार्यक्रममा सहभागी भएका थिए । उत्सवमा मनिपुर, नागाल्याण्ड र मिजोरम राज्यका बोडो, बेन्थिपुतल, बिरभुमका सन्थल तथा अन्य जनजातिहरुले आफ्नो परम्परागत झाकीहरु प्रदर्शन गरेका थिए । उक्त दुई दिवसिय उत्सवमा पुर्वी भारतका सम्पूर्ण आदिवासी-जनजातिहरुको प्रस्तुती प्रदर्शन गरिएका थिए । केकेआरएसएसका टोलीले सिली नृत्य तथा तीन चुला ढुंगा (सुप्तलुङ) पुजन विधी प्रदर्शन गरेका थिए ।

कार्यक्रममा माङसेवा (पुर्वज पुज्ने), शिकारी सिली तथा नारावा सिलीहरु पनि प्रदर्शन गरिएका थिए । कार्यक्रमको दोस्रो दिन किराती खम्बु राईहरुको किम्बदन्तीमा आधारित (जस्तै: हेत्चाकुप्पा, तायामा-खियामा तथा सुम्निमा-पारुहाङ) सिली प्रस्तुत गरिने छ । केकेआरएसएस- केन्द्रिय महासचिव - बिनिता खम्बु राईको नितृत्वमा किराती खम्बु राई सांस्कृतिक टोलीले कार्यक्रममा भाग लिएका छन् । केकेआरएसएस - बागढुग्राका १७ सदस्यीय सिली टोलीले सिलीमाङपा – “उज्वल राई”को नेतृत्वमा सिली नृत्य प्रदर्शन गर्ने भएको छ ।




 
Powered by Blogger.