Header Ads

गोर्खा फाउनडेशनको तत्वधानमा गोर्खाहरुको राष्ट्रिय महापञचायत भब्यरुपमा सम्पन्न


नयाँ दिल्ली। दिनांक २६ फरवरी २०१७ (आइतबार) को दिन गोर्खा फाउनडेशनको तत्वधानमा भएको गोर्खाहरुको राष्ट्रिय महापञचायत भब्यरुपमा सम्पन्न भयो। जसमा भारत भरिको बिभिन्न संघ-संगठन र् ब्यक्ती बिशेषरुपले बृहत्तरुपमा उपस्तीथि थियो। महापञचायतमा कर्णाटकबाट नेप इन्डिया फाउनडेशन, मिजोरामबाट गोर्खा युवा संघ, अरुणाचल प्रदेशबाट अल अरुणाचल प्रदेश गोर्खा युव संघ, आसामबाट राष्ट्रिय मानवधिकार एवं अपराध नियन्त्रण संगठन, अखिल असम गोर्खा छात्र संघ, महाराष्ट्रबाट भारतिय गोर्खा एकता संघ, भारतीय गोर्खा कल्यान संघ-, युवा गोर्खा समाज- उत्तर प्रदेश, भारतीय गोर्खा एक्ता मन्च- उत्तर प्रदेश, भारतीय गोर्खा समित- उत्तर प्रदेश, नेपाली धर्म समाज- उत्तर प्रदेश, नेपाली युवा गोर्खा समाज-उत्तर प्रदेश, अल्ल ईन्डिया गोर्खा एक्स सर्बिसमेन वेल्फेर एसोसीएसन-देहरादुन, गोर्खा समाज कल्यान समिती-रुडकी, भारतीय गोर्खा परीसंघ- जोन-५, गोर्खा बोयज युनाइटेड एफसी-दिल्ली, नेकडोर-कालेबुङ, गोर्खा सोसियो कलचरल फाउनडेशन-देह्रादुन, हेल्पक्रस ट्रस्ट-देह्रादुन, गोर्खा सन्देश, डुवर्स नेपाली साहित्य बिकाश समिती, युनीभर्सल हेन्ड, मदर्स ग्रुप-दिल्ली, ग्यासा दिल्ली, अल मनिपुर गोर्खा छात्र संगठन, वर्ल्ड गोर्खा फाउनडेशन ट्रुस्ट,अकिरा-दिल्ली, एबरेष्ट च्याम्बर्स एन्ड कमर्स, हाम्रो स्वाभिमान, दिल्ली गोर्खा ब्रदर्स, गोर्खा एसोसीएसन-हिमाचल प्रदेश, ब्यकतिगतरुपमा ब्रीगेडियर सि एस् थापा, कर्णल विजय सिंह, जवाहारलाल नेहरु विश्वबिद्यालय बाट प्रोफेसर (डा०) श्रवन कुमार आचर्य, दिल्ली विश्वबिद्यलयबाट एसिस्टेन्ट प्रोफेसर समिर लामा, प्रसिद्द ग्राफिक डिजैनर श्रीमती बिनिता तामाङ, पिएचडी शोधार्ती सुश्री भावना खाती, सुश्री प्रितीका परीयार, डि० जि० डि०-दिल्ली, श्रीमान याम श्रेष्ठ आदी उपस्तिथ थिए ।

कार्यक्रमको सन्चालन र् गोर्खा फाउनडेशनको लक्ष्य उद्देस्य र् संगठनको परिचय महासचिव डा० बिनु सुन्दासले गरेका थिए । स्वागतक्रम भाषण श्रीमान डि० के० प्रधान प्रस्तुत गरेका थिए । गोर्खाहरुको राष्ट्रिय महापञचायतको आयोजना, उद्देस्य, रुपरेखा र् आवश्यकता बारे गोर्खा फाउनडेशनको सभापती सघन मोक्तानले बिस्तारमा उपस्तथित जनसमुहलाई प्रस्तुत गरे । सभापति सघन मोक्तानले भारत भरी छरिएर बसेका सम्पूर्ण गोर्खाहरुको बिभिन्न क्षेत्रमा कार्य गर्दै आउनु भएका सामाजिक संगठनहरुलाई एक अर्कामा परिचय गरेर मज्बुत सम्बन्ध राख्ने र एक हुने आह्वन गरे। अनी मात्र हामी हाम्रो एकता र लक्ष्य प्राप्त गर्न सक्छौ भनेर सम्बोधन गर्नु भयो। कार्यक्रमलाई चार चरणमा प्रस्तुत गरेको थियो, पहिलो चरणमा उत्तरपुर्बका बिभिन्न समस्याहरु लिएर बृहत्त चर्चा भयो ।

उत्तरपुर्ब राज्यका गोर्खाहरुले बिशेषरुपमा आफ्नो जातिय दबदबा सरकार समक्ष बनाउन सक्षम भएको छ, यसर्थ जातिय एकताको पहलले मात्र कुनै कार्य पार लाउन सक्छ भनी असम गोर्खा छात्र संघले जोड दिए। यसरीनै मणिपुर गोर्खा छात्र संगठनले नम्बर काउन्टमा बिशेष जोड दिदै, कुनै मागलाई सिमित क्षेत्रमा केन्द्रित गरे सफल हुन नसक्ने अनी अरु राज्यका गोर्खाहरुलाई पनि विश्वासमा लिएर राष्ट्रिय स्तरमा कार्य गरे त्यो पहल सफल हुने छ भनी सुझाव पेश गरदै दिनेश शर्माले राखे। दिनेश शर्माले अझै जोड दिदै एकदमै बिशेष सुझाव राखे - हाम्रो जातीलाई एक सुत्रमा बांध्ने मुख्य आधार नै हाम्रो भाषा, साहित्य र् सँसकृती हो यसलाई नै आधार बनाएर अघी बडे अवस्यैनै हाम्रो सम्पूर्ण मागहरु पुरा हुनेछ। मिजोराम गोर्खा युवा संगठनका प्रतिनिधि श्रीमती पार्वती जैशीले भने हाम्रो मिडियामा राम्रो पकड र फोकस नभएकोले आज हाम्रो समस्याहरु सम्बन्धित निकायमा पुग्न नसेको हो, हाम्रो जातिको च्यानल छैन जसले गर्दा हाम्रो मांग राष्ट्रिय मुद्दा नभएको हो ।

दोस्रो चरणमा उत्तर प्रदेश, झारखन्ड र उत्तराखन्डले प्रतिनिधित्व गरेका थिए जसमा कार्यक्रम पहिलो चरणमै ब्रीगेडीएर सि एस् थापाज्युले गोर्खाहरुको चिन्हारी, जातिय अस्मिता, अस्तित्व र १९५० को भारत नेपाल मैत्री सन्धीले भारतमा बसेको गोर्खाहरुलाई परेको मर्का माथि जोड दिएर भने साथै गोर्खाल्यान्ड सबैको चाहना हो भनी भने, यसमा सबै संघ संगठनहरुले कार्य प्रणाली तयार गर्नु पर्छ । उत्तराखण्ड गोर्खा अन्तरास्ट्रिय सोसियो कल्चरल फाउनडेशनका अध्यक्ष श्रीमान सुर्य बिक्रमशाहीले गोर्खाहरुको राष्ट्रिय स्तरमा एउटा सामाजिक संगठन अथवा एपेक्स बडीको चाडै निर्माण हुनु पर्छ भनेर जोड दिए, जसले गोर्खाहरुको हितमा कार्य गर्ने छ । गोर्खा युवा समाज उत्तरप्रदेशका अध्यक्ष श्रीमान बलराम सिङ थापाले गोर्खाहरुको वास्तविकमा जनसंख्या जानकारी लिन आर० टि० आइको सहयोग लिएर सम्पूर्ण भारत भरिको गोर्खाहरुलाई हाम्रो वास्त्विक जनसंख्या सार्बजनिक गरिनु पर्छ भनी सुझाव पेश गरे । 

यसरीनै अल इन्डिया गोर्खा एक्स सर्बिस्मेन वेल्फेर एसोसीएसनका महासचिव ए के मुखियाले गोर्खा भुतपुर्ब सैनिकहरुले देशको बिभिन्न क्षेत्रमा सामाजिक कार्य गर्दै आएको र यस्लाई निरन्तरता दिनलाई बचन दिदै भविस्यमा पनि जातीको निम्ती सधैं एक हुने र साथ दिने बचन दिनु भयो । उत्तर प्रदेश भारतीय गोर्खा परीसंघका प्रतिनिधि रमेश सिंह छेत्रीज्युले भारतीय राजनीतिमा गोर्खाहरुको प्रतिनिधित्व कमी रहेको महशुश गर्दै यस्मा हामीले पहल गरेर गोर्खाहरुको भारतिय राजनीतिको मानचित्रमा देखिएको हुनु पर्छ भनी जोड दिए। यसरी नै रिटायर्ड डि० आइ० जि० एव गोर्खा एसोसीएसन हिमाचल प्रदेशका अध्यक्ष श्रीमान भि एस् थापाज्युले बर्तमानमा उठीरहेको माग सम्पूर्ण गोर्खा जातीलाई जनजातीमा अन्तर्भुक्त गर्नलाई आ-आफ्नो क्षेत्रबाट राज्यका मुख्य मन्त्रीहरुलाई भेटी गोर्खाहरुको निम्ती पहल गर्ने र् केन्द्र सरकारलाई अनुमोदन पठाउने सुझाव र आग्रह गर्नु भयो। गोर्खाहरुलाई पनि लिङुग्युस्टिक माइनरेटीको आधार बनाएर देशको अरु माइनरेटी समुदाय सरह धेरै सुबिधाहरु गोर्खा जातिले पनि भोग गर्न पाउने छ, यस मुख्य सुझावलाई सभाले पूर्णरुपमा ध्वनी मतले पारीत गरे।

तेस्रो चरणमा महारास्ट्र राज्यको प्रतिनिधित्व गर्दै भारतीय गोर्खा एकता संघका अध्यक्ष एव मुम्बईका उद्ध्योगपती श्रीमान धुर्ब प्रधानज्युले गोर्खाहरुको एकता, राष्ट्र स्तरमा एउटा राष्ट्रिय स्तरको मंच तयार हुनु पर्छ र भावी पिडीहरुलाई राम्रो दिशा निर्देशन दिन क्यारिएर कोउन्सिलिङहरु ब्यवस्था गर्नु पर्छ अन्तमात्र हाम्रो गोर्खा जाती शिक्षित हुनु सक्छ भनी जोड दिए। दक्षिण भारतलाई प्रतिनिधित्व गर्दै नेप इण्डिया फाउनडेशनका अध्यक्ष राहुल राइ एव महासचिव रमेश राइज्युले नेपाली भाषाको प्रयोगलाई प्रतेक गोर्खाहरुको सन्तानले गरेको हुनु पर्छ । हाम्रो गोर्खा सन्तानले शहरहरुमा जीवन धान्न आएका हाम्रा सन्तानहरुलाई स्किल डेबलोपमेन्ट मार्फत बिभिन्न प्रशिण दिएर आर्थिक अवस्था मजबुत गर्न सकिन्छ र परिवार धान्न सकिन्छ भनी आह्वान गरे। यसै क्रममा राहुलज्युले पोलिटिकल इमपावर्ड हाम्रो जातिले पनि ग्रहण गर्नु पर्छ राज्य र केन्द्रको स्तरमा ।     

चौथो चरणमा हाम्रो स्वभिमानका राष्ट्रिय महासचिव पेशाले वकिल श्रीमान प्रेम छेत्रीज्युले भारत नेपाल मैत्री सन्धी १९५० र नागरिकता बारे धेरै महत्वपूर्ण जानकारी सबै उपस्थित प्रतिनिधिहरुलाई जानकारी गराए एव ब्रिगेडियर सि एस् थापाज्युको प्रस्तुती र तर्कलाई उत्तर दिदै धेरै नयाँ संबैधानिक धाराहरुको बिश्लेषण गर्नु भयो, प्रकाशमा ल्याउनु भयो । साथै चर्चामा धेरै पटक उठिएको प्रश्न हाम्रो आइ ए एस्, आइ पि एस्, आइ एफ एस्, आइ आर एस्, आइ इ एस् र् अन्य सिबिल सेवा उतिर्ण हुने धेरै कमी छ, यसर्थ यस् परिक्षामा भाग लिन हाम्रो गोर्खा इच्छुक परिक्षार्तीहरुलाई हाम्रो स्वाभिमानको तर्फबाट स्कल्रर्शिप प्रदान गर्ने तथा तयारीको निम्ती दिशानिर्देशनमा सम्पूर्ण रुपले सहयोग गर्ने जानकारी सबै पंचहरु समक्ष राख्नु भयो । एबरेष्ट एन्ड चेम्बरका महासचिव एव योगगुरु मोहन कार्कीज्युले कार्यहरुलाई सठिक रुपमा सफल बनाउन शर्ट टर्म, मिड टर्म र लंग टर्म योजना बनाएर अघी बड्ने साथै गोर्खा समाज गोर्खाली/नेपालीमा नउल्झेर आफ्नो जाती हितमा कार्य गरे जाती अगाडि अझै बड्ने छ। दिल्लीबाट आर्नोबा(बर्तमान रेली माइ)का प्रतिनिधि सुश्री बन्दना राइले गोर्खाहरु माथि भईरहेको नश्लिय भेदभाव माथि चिन्ता ब्यक्त गर्दै यसमा सबैले पहल गर्नु पर्छ भनी जोड दिए साथै हामी स्वयमले हामी वीर गोर्खा जाती हौ भनी परिचय दिनु पर्छ, गर्ब गर्नु पर्छ । 

यसैक्रममा बन्दना राइले पश्चिम बंगाल सरकारको तन्त्रहरुले गोर्खाहरु माथि गरिएको षडयंत्रमा खेद प्रकट गर्दै एक बिभिन्न जानकारी प्रकाशमा ल्याए । दिल्ली मदर्स ग्रुपका अध्यक्ष श्रीमती प्याट्रिसिय निकोलसले नेपाली भाषाको प्रयोग नगरेकोमा खेद प्रकट गर्नु भयो । दिल्ली गोर्खा ब्रदर्सका प्रतिनिधि श्रीमान आकाश रामुदामुज्युले जातीको अस्मिता र अस्तित्वको सुरक्षाको निम्ती एक जुट भएर सबै अघी आउने आउने र एकता भए मात्र हामी हाम्रो सुरक्षा गर्न सक्छौ भनेर बताए । हिन्दूस्तान टाईम्स न्यूज पेपरका दिल्ली एन सि आर प्रमुख श्री अनुपम थापाले एक्ता र मात्री भाषाको प्रयोगमा बिशेष जोड दिनु भयो । डुवर्स नेपाली साहित्य बिकास समितीका अध्यक्ष श्रीमान गोपाल सिंह विश्वले डुवर्सको योग्दान छुट्टै राज्यको मागमा र साहित्यको बारेमा पंचलाई अवगत गराए अनी डुवर्समा बर्तमान शिक्षाको दुर्बल अवस्था लिएर धेरै चिन्ता ब्यक्त गर्नु ।

यसैक्रममा गोर्खा महापञचायतका सबै सममानिय पर्यबेक्षक महानुभावहरुले परिचर्चामा आएको प्रतेक बुँदाहरुलाई सठिक मुल्याकण गर्दै जे एन यु का प्रोफेसर श्रीमान श्रवण आचार्यले सोसिएल नेटवर्किङ माथि गोर्खाहरुको ध्यान दिनु पर्छ अनी यस्लाई इमानदारिपुर्बक पालन गर्नु पर्छ भनेर भन्नु भयो। दिल्ली विश्वबिद्यालयका एसिस्टेन्ट प्रोफेसर श्रीमान समिर लामालेपनि गोर्खा एकता माथि जोड दिदै एउटा कम्मन एजेन्डामा काम गर्ने सल्लाह दिनु भयो । नेकडोरका सभापति श्रीमान सुबाशमान सिंहज्युले कालेबुङ राज्यको निर्माणलाई स्वागत गर्दै अरु थप जिल्लाहरुको निर्माण हुन सके छुट्टै राज्य प्राप्तीको मार्ग सुगम हुने थियो भन्नु भयो। दिल्ली निवासी समाज सेवक एव उध्योगपती श्रीमान याम कुमार श्रेष्ठज्युले बिभिन्न राज्यमा बस्नु भएका गोर्खा सन्तानहरुलाई आफ्नो घर-जमिनको पर्जा पट्टाहरुको पंजिकरण गर्नु अती आवस्यक छ भनेर सबैलाई बताउनु भयो । यसरी नै जवाहारलाल नेहरु विश्वबिद्यालयका शोधार्थी छात्र सुश्री भावना खाती, प्रितीका परीयारज्युले उच्च शिक्षाको निम्तो हाम्रा समाजलाई काउन्सिलिङको अती आव्स्यक्ता र दिशा निर्देशको पनि जरुरी छ भनी उपस्थित प्रतिनिधिहरुलाई अवगत गराए । दिल्ली बसन्त गांव निवासी एंव दिल्ली नगर निगम चुनाव शिव सेना प्रत्यासी श्रीमती निशा लामाले दिल्ली बासी गोर्खाहरुको एकता र नारी सुरक्षा माथि गहन चिन्ता गर्दै, सुरक्षाको निम्ती सदैव अगी बडने बचन दिनु भयो ।

बिगत दिनमा भएका राजनैतीक अक्ष्म्य भुलहरु माथि बृहत चर्चा गर्दै यसबाट सम्पूर्ण गोर्खाहरुले शिख लिनु पर्ने र् आगामी दिनहरुमा दिशा निर्देश तयार गर्ने सबैले सहमती जनाए। भारत भरिको सम्पूर्ण गोर्खा सामजिक संगठनहरुलाई अनुरोध गर्दै चाडै एउटा ठुलो निर्णय गोर्खा जातीको स्थायी समाधान खोज्ने प्रयासमा अघी बड्ने सबैले यस महापञ्चायतमा सपथ ग्रहण गरे। गोर्खा फाउनडेशनले आयोजना गरिएको गोर्खा राष्ट्रिय महापञ्चायतलाई सम्पूर्ण संघ-संगठनहरुले सराहणा गर्दै बृहत रुपमा सफल भएकोमा सबैले शुभकामना ब्यक्त गरे र् दोस्रो चरणको महापञ्चायत् चाडै गर्ने निर्णय लिने बचनबद्द भए। गोर्खा राष्ट्रिय महापञ्चायत एव गोर्खा फाउनडेशनलाई यस कार्यक्रमलाई आर्थिक सहयोग गर्नु हुने बिशेष ब्यक्ती बिशेषहरुलाई गोर्खा फाउनडेशन दुई हाथ जोडी धन्यवाद गर्दछौ।

यस कार्यक्रमलाई सफल गराउन हुने दिल्ली मदर्स ग्रुप, डि सि पि नर्बु छिरिङ्, दिल्ली गोर्खा ब्योयजका कर्मठ सदस्य र गोर्खा फाउनडेशनका शुभ चिन्तक श्रीमान समिर राइज्युले समस्त प्रतिनिधिहरुलाई अतिथी सतकार गर्न सम्पुर्ण रुपले आफुलाई समर्पित गर्दै ठुलो योगदान पुर्याउनु भएको थियो। एबीएन च्यानलका श्रीमान रुबेन गुरुङ, श्रीमती अनिता छेत्री, बन्दना राइलाई, महापञ्चायतलाई सुरक्षा प्रदान गर्नु हुने गुरुङ सिक्योरिटी एव एन डि एम सि समुदाय भवनका कर्मचारीगण, श्रीमती मेणुका लिम्बु दिदी, गोल्डेन होटेलका मालिक श्रीमान इश्वरज्यु, लि मेरीडियन होटेलका सेल्स डायरेक्टर श्रीमान राजेन घले, दाई श्यामसोन रामुदामु दाजु, राकेश लामा, जितेन तामाङ,  दार्जीलिङ, कालेबुङ, खर्साङ, दिल्ली, मुम्बई, उत्तराखन्डका गोर्खा फाउनडेशनलाई आर्थिक सहयोग गर्नु हुने महानुभाव, मिठो गीतले मन्त्र मुघ्द गराउनु हुने भाई चमन राइ थुलुङ, नृत्य प्रस्तुत गर्ने हुने गोर्खा फाउनडेशनका भाई बहिनीहरु निशा लामा, मनिषा रसाइली, रेमी लामा, अनी आकाश, ब्याकड्रप र आइडी कार्डलाई सुन्दर ढंगमा डिजाइन गर्नु हुने श्रीमती बिनिता तामाङ एंव अरु लोगो र ड्रप डाउन, फेस्टुन र गोर्खाल्याण्ड मानचित्र डिजाइन गर्नु हुने मुम्बई बाट बिकाश जोशी लाई मुरी दुरी धन्यवाद।

गोर्खा फाउनडेशनका तीन सहसचिव कमल प्रधान,  अरुण दास र निर्मल तामाङ को अदम्य साहस र उर्जाहरुले महापञ्चायत आयोजना गर्न सकिएको हो भन्दा दुई मत नहोला । यसरी दिन रात महापञ्चायतको सफलताको रणनिती र रणकौशलता तयार गर्ने गोर्खा फाउनडेशनका धुरन्धर श्रीमान एन्ड्रु गुरुङ, श्रीमान लोप्सँग लामा, डा० बिशाल गुरुङ(बैज्ञानीक), डा० अचल लामा(बैज्ञानीक), एसिसटेन्ट प्रोफेसर दिब्या प्रधानलाई धेरै धेरै धन्यवाद। गोर्खा राष्ट्रिय महापञ्चायतमा निर्णय भएका सम्पूर्ण सुझाव, दिशा निर्देशन एव भावी कार्यक्रमहरुको श्वेत पत्र चाडैनै पत्रीकादारा सम्पूर्ण गोर्खा समाजमा पुर्याउने गोर्खा फाउनडेशन बचनबद्द छ र भविस्यमा गोर्खाहरुको सुरक्षाको कवच चाडै तयार गर्ने फेरी पनि बचन बद्द भई अघी बडेको छ।











Powered by Blogger.