SC द्वारा GTA का थाॅती रहेको मामिलाहरू माथि अविलम्ब सुनुवाई गरेर निर्णय लिने आदेश जारी
नयाँ दिल्ली/ दार्जिलिंग : आज भारतको सर्वोच्च न्यायालयमा गोरखाल्याण्ड क्षेत्रीय प्रशासनको मुद्दामाथि मुख्य न्यायाधीशको तीन खण्डपीठ ले आठौं पटकको सुनुवाई पश्चात कोलकाता उच्च न्यायालयमा पश्चिम बङ्गाल राज्य सरकार विरुद्ध रहेको गोरखाल्याण्ड क्षेत्रीय प्रशासन सम्बन्धित सम्पूर्ण थाॅती रहेको मुद्दाहरूको अनि मामिलाहरू माथि अविलम्ब सुनुवाई गरेर निर्णय लिने आदेश जारी गरेको छ। कोलकाता उच्च न्यायालयले यी विचाराधीन मुद्दा अनि मामिलाहरू माथि लिएको अड़ान पश्चात भारतको सर्वोच्च न्यायालयले आफ्नो अन्तिम फैसला लिने भनिएको छ।
हाल कोलकाता उच्च न्यायालयमा जम्मा दर्ता गरिएको 12वटा मुद्दाहरू विचाराधीन छन् जसमा :
1. Regularisation of GTA employees.
2. Withdrawl of Cases.
3. Formation of Subordinate Staff Service
Selection Board.
4. Transfer of College Service Commission and
School Service Commission.
5. Multi Sectoral Development Schemes for
welfare of Minorities.
6. Interfernce of North Bengal Development Dept.
In GTA Jurisdiction.
7. Appointment of Para Teachers.
8. Appointment to the Ad-hoc teachers
irregularities.
9. Legal status of community wise Development
Boards.
10. Vires of GTA Act.
11. Vires of GTA Act and MOA.
12. Non transfer of subjects in GTA.
माथि उल्लिखित मुद्दाहरू विभिन्न तहबाट दायर गरेका हुन् - कोही मुद्दाहरू जीटीए प्रशासनले लगाएका छन् भने कतिपय मुद्दाहरू राजनैतिक दलहरू, युनियन अनि गैर राजनैतिक संस्थाहरूले दायर गरेका हुन्।
"आजको सुनुवाईलाई गोरखाल्याण्ड क्षेत्रीय प्रशासनले स्वागत गर्दछ। हामी भारतीय न्यायपालिकामाथि पूर्ण आस्था र विश्वास राख्दछौं। गोरखाल्याण्ड क्षेत्रीय प्रशासनले यस आदेशलाई सकारात्मक पहल भनी ठानेको छ।"
- विनय तामाङ , कार्यकारी सभासद्, गोरखाल्याण्ड क्षेत्रीय प्रशासन
मुख्य न्यायाधीशको तीन खण्डपीठ
Chief Justice Of India
Hon'ble Shri. Jagdish Singh Khekhar
Hon'ble Justice
Dr. D.Y.Chandrachud
Hon'ble Justice
Shri Sanjay Kishan Kaul
On behalf of GTA
Legal Councels are
Shri. P.P.Rao
Shri. K.V. Shreekumar
Shri. Shamik Sanjanwala
Note :- Case was admitted at Supreme Court : May, 2016


Post a Comment